मुख्य समाचार
हालै सम्पन्न निर्वाचनको परिणामलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने
हालै सम्पन्न निर्वाचनको परिणामलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने

: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न निर्वाचनको परिणामलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्। स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले दिएको सन्देशलाई आत्मसात् गर्दै कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल परिस्कृत गर्नुपर्नेमा जोड दिइन्।

उनले हालैको निर्वाचन परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन्। जनताले व्यक्त गरेका अपेक्षा र सन्देशलाई गम्भीरतापूर्वक तथा रचनात्मक रूपमा ग्रहण गर्नुपर्ने उनको भनाइ छ।

'कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्नु उचित हुँदैन,' उनले भनिन्। राजनीतिक आन्दोलनको मूल्यांकन दीर्घकालीन र ऐतिहासिक सन्दर्भमा गरिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचनको नतिजा मात्रलाई आधार बनाएर आन्दोलनको दिशा निर्धारण गर्न नहुने बताइन्।

उनले पछिल्लो समय युवा पुस्तामा देखिएको नयाँ आकांक्षा र बदलिँदो सामाजिक-राजनीतिक परिवेशलाई कम्युनिस्ट आन्दोलनले गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याइन्। युवा पुस्ताको अपेक्षाअनुसार नीति, कार्यक्रम र कार्यशैलीलाई परिस्कृत गर्दै अघि बढेमा मात्रै आन्दोलन थप सुदृढ बन्न सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। 'ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासीजमका विरुद्ध र वैदेशिक दबाबका ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै थप जिम्मेवारी र उत्तरदायित्व महसुस गरेको बताएकी हुन् । महाधिवेशनका क्रममा भएका भेटघाट, संवाद र लोकतान्त्रिक अभ्यास अत्यन्त प्रेरणादायी र महत्त्वपूर्ण रहेको ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए । उनले देश विकास कसरी अगाडि ...
। यातायात कार्यालय एकान्तकुनाबाट तीन जना बिचौलिया पक्राउ परेका छन् । सवारी चालक अनुमतिपत्र,सवारी दर्ता/नवीकरण लगायतका सेवाका नाममा सेवाग्राहीलाई भ्रममा पार्ने अनावश्यक रकम असुल्ने बिचौलियाको रुपमा कार्य गर्ने गरेको आरोपमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गा रागादिप गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–१३ बस्ने ३७ वर्षीय अर्जुन रसाईली, ललितपुर महानगरपालिका–७ पाटनसुन्धारा घर भएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम