मुख्य समाचार
आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी
आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए ।

उनले देश विकास कसरी अगाडि बढेको थियो भन्ने कुरा प्यारामिटरमा हेरिनु पर्ने समेत बताएका छन् । अध्यक्ष ओलीले आफूहरुले कसरी विकास, पूर्वाधारका कामहरु गरेको थियो त्यो हेरिनु पर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले गलत काम गरेर, देशद्रोही काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर जनतामा असन्तुष्टि, युवामा असन्तुष्टि बढेको भन्ने कुरा समेत गलत भएको बताए ।

उनले झुटा प्रचार गरेर, आफूहरुले भ्रष्टाचार गरेको भनेर, अफवाह फैलाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने काम गरिएको बताए । उनले कसैको पक्षपोषणमा बोल्यो भने त्यसका विरुद्धमा मनपरी बोलेर हतोत्साहित गर्ने अनि त्यसलाई अल्गोरिदमको स्थितिमा पु¥याउने, मोवाइलको माध्यमबाट चरम बदनाम गर्ने खालका क्रियाकलापहरु भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार दिउँसो दुई किलो ९५ ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही ...
। नेपाली कांग्रेसले उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्न दल, सरकार र सरोकारवालाबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ । राष्ट्रिय धान दिवसको अवसरमा प्रमुख प्रतिपक्षी कांग्रेसले बर्सेनि धान तथा चामलमा बढ्दै गएको आयातप्रति चिन्ता जनाउँदै दिवस उत्सवमा मात्र सीमित नभएर कृषि विकासप्रतिको साझा प्रतिबद्धताको अवसर बन्नु पर्नेमा जोड दिएको छ । ‘उर्वर कृषि भूमि ...
: सरकारले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक संसदमा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणको बिषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएकाले संसदको अधिवेशन नचलेको अवस्थामा सरकारले अध्यायादेश ...
: प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य ...
। हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम