मुख्य समाचार
पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा
पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा

: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण ( राउन्ड अफ ३२) को तेस्रो खेलमा चार पटकको विश्वविजेता जर्मनी पराजित भएको छ। पेनाल्टी बोस्टन स्टेडियममा पेनाल्टी सुटआउटमा जर्मनलाई पराजित गर्दै पराग्वे राउन्ड अफ १६ मा प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा जर्मनीविरूद्ध पराग्वेले १-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा जर्मनीले गोल फर्कायो। खेल बराबरी भइरहँदा दुईपटक ३०/३० मिनेटको अतिरिक्त समय थपियो त्यसमा पनि दुवै टोलीले गोल निकाल्न सकेनन्। जसको फलस्वरूप खेल पेनाल्टी सुटआउटमा गएर निर्णायक बनेको थियो।

खेलमा पराग्वेका गोलकिपर ओर्लान्डो गिल निकै उत्कृष्ट प्रदर्शन गरे। उनले दुईवटा पेनाल्टी बचाउँदै अन्तिम १६ को यात्रा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।

भराग्वेका लागि माउरिसियो, गोस्ताभो गेमेज, माथियस गालार्ज र जोस कालोनेले पेनाल्टी सुटआउटमा गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिम अमिरीले गोल गरे।

खेलको ४२ औं मिनेटमा पराग्वेले जर्मनी विरुद्ध गोल गरेको छ। पराग्वेका लागि मातियसको उत्कृष्ट क्रसमा जुलियो एनसीसोले हेडरमार्फत गोल गरे। पहिलो हाफमा ७८ प्रतिशत बल पोजिसन राखेर खेलेको जर्मनीले गोल भनेर निकाल्न सकेन।

दोस्रो हाफमा जर्मनीले गोल फर्कायो खेलको ५४ औं मिनेटमा जर्मनीले गोल फर्काएको हो। जर्मनीका काइ हार्भाटले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यो खेल निर्धारित ९० मिनेटसम्म बराबरीमा सकिँदा अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको १०२ औं मिनेटमा जर्मनीले गोल गरेको थियो। तर यो गोल भिडियो असिस्टेन्ट रेफ्री (भिआर)ले अनाधिकृत घोषणा गरिदियो। कर्नर प्रहार गर्नुअघि पराग्वेका गोलकिपरलाई जर्मनीका खेलाडीले फाउल गरेको भन्दै यो गोललाई अनाधिकृत घोषित गरिएको हो।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप जिते यता जर्मनीले विश्वकपको नकआउट चरण पार गर्न सकेको छैन। यद्यपि यसपटक राउन्ड अफ ३२ मा स्थान बनाएको जर्मनीसँग पराजित हुँदै बाहिरिनु पर्‍यो।

पराग्वेले भने सन् २०१० यता दोस्रो पटक विश्वकपको नकआउट चरण पार गरेको हो। सन् २०१० मा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटर फाइनलसम्म पुगेको थियो।

सोमबार राति भएको खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा स्थान बनाएको छ। सोमबार बिहान भएको राउन्ड अफ ३२ को पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको थियो ‌ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...