मुख्य समाचार
बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त
बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त

। बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।

टोखा नगरपालिकाले आज वडा नम्बर-२ को लबुमा आयोजना गरेको २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टोखाका स्थानीय कृषक केदार बिडारी जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौं उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताउँछन्। ‘काठमाडौं उपत्यका कृषिका लागि उर्भर भूमी हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्’, उनी भन्छन्।

नेपालमा धान उत्पादन र किसानको श्रमको सम्मान गर्न प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ। टोखाकै अर्का किसान साम्बाल श्रेष्ठ पछिल्लो समय काठमाडौंभित्रका खेतीयोग्य जमिनमा घर बन्न थालेकाले यहाँको खेती हराउँदै गएको बताउँछन्।

पछिल्ला वर्षमा सहर विस्तार, अव्यवस्थित बस्ती विकास तथा खेतीयोग्य जमिन घडेरीमा रूपान्तरण हुने क्रम बढेसँगै धान रोप्ने खेतहरू निरन्तर घटिरहेको उनको भनाइ छ। यसले धान उत्पादनमा प्रत्यक्ष असर पार्नुका साथै खाद्य सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ।

पछिल्लो समय युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण, सिँचाइको अभाव, उन्नत बीउ तथा मलको सीमित उपलब्धता र खेतीयोग्य जमिनको खण्डीकरणले धान खेती प्रभावित भइरहेको छ।

टोखा नगरपालिका कृषि शाखाकी प्रमुख सुमित्रा पाठक टोखाभित्र मात्र हाल ४०० हेक्टर जग्गा खेतीयोग्य रहेको बताउँछन्। टोखा क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले प्रविधियुक्त खेती प्रणालीको विकासमा जोड दिइएको उनको भनाइ छ।

टोखाले विभिन्न समयमा किसानलाई मल, बीउ, बिरुवालगायत उपलब्ध गराउँदै आएको छ। यसबाहेक टोखाले तरकारीमा आत्मनिर्भर बनाउनका लागि छतमा तरकारी खेतीलाई समेत प्रोत्साहन गरेको छ।

कृषियोग्य जमिन संरक्षण, आधुनिक प्रविधिको प्रयोग, प्रभावकारी सिँचाइ व्यवस्था र किसानलाई प्रोत्साहन गर्ने नीति टोखाले लिएको उनको भनाइ छ। टोखाले प्रत्येक वर्ष असार १५ का दिनमा राष्ट्रिय धान दिवस मनाउँदै आएको छ।

उक्त धान दिवस कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष जनप्रतिनिधि, कर्मचारी, स्थानीय किसानको सहभागिता रहेको थियो।

सोही अवसरमा टोखाभित्रका विभिन्न विद्यालयका विद्यार्थीलाई धान रोप्न तरिकाबारे सिकाइएको थियो। सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। टोखा नगरपालिकाको वडा नं १, २ र ३ मा हालसम्म खेतीयोग्य जमिन रहेको छ। अन्य वडा भने क्रमशः सहरीकरण हुँदै गएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगाएत ५ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। सामेबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा भएको थुनछेक बहसपछि उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले राहदानी विभागका महानिर्देशक अर्याललाई पाँचलाख र निर्देशक सुनिलकुमार केसीलाई ४ लाख ...
: विपदमा परेका नागरिकको उद्धारका लागि कोशीमा ९९ स्वयंसेवक तयार गरिएको छ। सशस्त्र प्रहरी बलको बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चालन गरिएको समुदाय स्तरमा विपद् प्रतिकार्यमा खटिने ९९ जना स्वयंसेवक तयार गरिएको हो। असार ९ गतेदेखि झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका स्थानीय तहमा कार्यरत नगर ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य राखेको छ । २ असारमा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो । बैठकले सबै ...
। सर्वोच्च अदालतले कुनै त्रुटिवश सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले निरन्तरता पाउन नसक्ने व्याख्या गरेको छ । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ स्कुलले २०२५ सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्यक्तिको स्वामित्वमा हुन नसक्ने फैसला सर्वोच्चले गरेको हो । सर्वोच्चले व्यक्तिकै नाममा दर्ता भएका त्यस्ता जग्गा थाहा हुना साथ पुनः ...
। धनकुटा प्रहरीले एकै दिन दुई छुट्टाछुट्टै स्थानमा गरेको कारबाहीमा कुल ७ सय ९५ किलोग्राम गाँजा बरामद गरेको छ भने दुई पक्राउ परेका छन् । प्रहरीका अनुसार सवारी जाँचका क्रममा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका वडा नं. ६ कोलबोटेमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम