। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन् ।
‘खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ, धर्ती, गृहहरू अनुशासन छन् । सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासितछ ।’
उनले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ । कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ ।’
उनले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि महत्वपूर्ण भएको बताए ।