मुख्य समाचार
ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक
ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ।

सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो व्यवसाय र आम्दानीको ९२७ पाना लामो विस्तृत खुलासा गरेका हुन्। रोयटर्सकी प्रविधि संवाददाता काली हेजका अनुसार, सार्वजनिक प्रतिवेदनमा ट्रम्पको व्यावसायिक संलग्नता र क्रिप्टोबाट भएको आम्दानीको विवरण स्पष्ट रूपमा उल्लेख गरिएको छ।

वित्तीय विवरण अनुसार, ट्रम्पले आफ्नै नाममा जारी गरिएको 'ट्रम्प मिम कोइन' बाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन्। उनले पदभार ग्रहण गर्नुभन्दा तीन दिन अघि सार्वजनिक गरिएको यस डिजिटल मुद्राको मूल्य त्यसयता निकै घटेको छ।



त्यसैगरी, उनका छोराहरू र विशेष दूत स्टिभ विटकफका सन्तानहरू मिलेर स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी 'वर्ल्ड लिबर्टी फाइनान्स' बाट ट्रम्पले ५० करोड डलरभन्दा बढी आम्दानी गरेका छन्।कुनै समय क्रिप्टोकरेन्सीको कडा आलोचना गर्दै बिटकोइनलाई 'घोटाला' र 'आउन लागेको विनाश' को संज्ञा दिने ट्रम्पको यो आम्दानीले उनलाई पहिलो पटक चर्चामा ल्याएको घरजग्गा (रियल स्टेट) व्यवसायलाई समेत छायामा पारिदिएको छ।

यद्यपि, उनले आफ्नो 'मार-अ-लागो' क्लबबाट करिब ७ करोड ७० लाख डलर, फ्लोरिडाको डोराल गल्फ क्लबबाट १२ करोड २० लाख डलर, तथा न्यु जर्सी, जुपिटर र स्कटल्याण्डमा रहेका गल्फ क्लबहरूबाट जनही ३ करोड डलरभन्दा बढी कमाएका छन्।

यसबाहेक, ट्रम्प-ब्राण्डेड घडी, बाइबल, जुत्ता, अत्तर र गितारहरूको बिक्रीबाट पनि उनले लाखौँ डलर रोयल्टी बुझेका छन्। प्रथम महिला मेलानिया ट्रम्पले पनि आफ्नो डकुमेन्ट्रीको लाइसेन्स सम्झौता र डिजिटल आर्ट (NFTs) बिक्रीबाट १ करोड ६७ लाख डलरभन्दा बढी आम्दानी गरेको विवरणमा उल्लेख छ।

ट्रम्पको यो आम्दानी सन् २०२४ को तुलनामा निकै बढी हो, जतिबेला उनले ६० करोड डलर आम्दानी देखाएका थिए। राष्ट्रपति पदको फाइदा उठाएर नाफा कमाएको आरोप लागे पनि ह्वाइट हाउसले भने यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। ह्वाइट हाउसकी उप-प्रेस सचिव अन्ना केलीले राष्ट्रपतिले आफ्नो व्यवसाय छोराहरूद्वारा व्यवस्थित एक ट्रष्टमा राखेको भन्दै यसमा कुनै 'स्वार्थ' नरहेको दाबी गरेकी छन्। उनले राष्ट्रपति ट्रम्पले गर्वका साथ अमेरिकालाई 'विश्वको क्रिप्टो राजधानी' बनाएको समेत उल्लेख गरेकी छन्।

प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले विभिन्न सञ्चारमाध्यम र टेक कम्पनीहरूसँगका कानुनी मुद्दाहरूबाट करोडौँ डलर क्षतिपूर्ति (सेटलमेन्ट) पाएको पनि खुलाएका छन्। जसमा एबीसी र सीबीएसबाट जनही १ करोड ६० लाख डलर, मेटाबाट २ करोड ४५ लाख डलर, युट्युबबाट २ करोड २० लाख डलर र एक्स (ट्विटर) बाट ८० लाख डलर सामेल छन्।

ह्वाइट हाउसका अनुसार यी कानुनी मुद्दाहरूबाट प्राप्त अधिकांश रकम ट्रम्पको भावी राष्ट्रपतीय पुस्तकालय र वासिङ्टन डीसी क्षेत्रका पार्कहरूको मर्मतसम्भार गर्ने एक गैर-नाफामूलक संस्थामा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ । तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् । पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ । दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र ...
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...