मुख्य समाचार
गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु
गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

: रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। भुमे गाउँपालिका–६ कन्तिगानेस्थित महत–सिमखोला भित्री सडक खण्डमा मंगलबार साँझ सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको हो।

घाइतेलाई उद्धार गरी रुकुम पूर्व अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले बुढालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। घटनामा ५१ वर्षीय सम्पूर्ण बुढा र ३० वर्षीय चिन्तामणि बुढा घाइते भएका छन्। प्रहरी निरीक्षक हिमराज विकका अनुसार सम्पूर्ण बुढाको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने रहेको छ भने अर्का घाइते चिन्तामणि बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटना साँझ करिब साढे ५ बजे भएको थियो। सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खसेर तीनै जना पुरिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट महतबाट प्रहरी सहायक निरीक्षक तुल्सीराम चौधरीको कमाण्डमा ४ जना तथा इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले तीनै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भएका टाइगर भनिने २५ वर्षीय गोविन्द चन्द पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाइगरलाई बाँकेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । ...
। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती ...
। सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ । विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा सरोकारवालासँग आफ्नो राय सुझाव माग गरिएको छ । सात दिनभित्रमा राय सुझाव ...
। कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा ...
। त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस र विभागहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दियो । सोमबार त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरी सरकारको निर्णयअनुसार संरचना हटाउन भनेको हो । ‘दलीय विद्यार्थीको संगठनका संरचना भए हटाउन भनेको हो,’ रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने । त्रिविको निर्णयमा विद्यार्थी संगठनले भने असन्तुष्टि जनाएका छन् । सरकारले ६० दिनभित्र ...