मुख्य समाचार
मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ
मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ

। सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन । र मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो ।

अज्टेका स्टेडियममा मेक्सिकोले अपराजित यात्रा कायम राखेकाे छ । योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ । यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन ।

मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।

हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ । पाँचौंपटक विश्वकप खेलेको इक्वेडरले दोस्रोपटक समूह चरण पार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् । क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो । युरोपमा हुन लागेको यो नयाँ फ्रेन्चाइज आधारित टी–२० क्रिकेट लिग हो । यस प्रतियोगितामा अस्ट्रेलियाका स्टार खेलाडी स्टिभ स्मिथ र मिचेल मार्श सहभागी हुने भएका छन् भने पूर्वकप्तान स्टिभ वह र ...
। सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ । मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे । खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता ...
: फिफा विश्वकप २०२६ को नकआउट चरणमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। न्युयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा साविक उपविजेता फ्रान्सले स्विडेनलाई ३-० ले हराएको हो। फ्रान्सका लागि कप्तान केलियन एम्बाप्पेले २ र ब्राड्ले बार्कोलाले १ गोल गरे। खेलको २० औं मिनेटमा केलियन एम्बाप्पेले वान बाइ वानमा गरेको गोल ...
: फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड १६ मा प्रवेश गरेको छ। डालास स्टेडियममा भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे विजयी भएको हो। खेलको पहिलो हाफमा नर्वेले आइभरी कोस्ट विरुद्ध १-० को अग्रता लिएको थियो। दोस्रो हाफमा नर्वेले १ गोल बेहोर्दै १ गोल फर्कायो। खेलको ३९ ...
। नेदरल्यान्ड्सलाई पेनाल्टीसुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे । दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुग्दे इतिहास रचेको मोरक्कोले अन अन्तिम १६ मा ...