मुख्य समाचार
खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन
खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन

। ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ ।

खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी उपभोक्ता समितिहरूको दिगोपनसम्बन्धी कार्यशाला तथा पानी सम्मेलन आयोजना गरिएको हो ।




सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा गाउँपालिकाभित्र रहेका विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनमा खानेपानी स्रोतको संरक्षण, योजनाको नियमित मर्मतसम्भार, उपभोक्ता समितिको संस्थागत क्षमता अभिवृद्धि, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा समुदायको भूमिकाबारे छलफल गरिएको थियो ।



कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै त्यसको दीगो व्यवस्थापनमा स्थानीय सरकार, उपभोक्ता समिति र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले खानेपानीका मुहान संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा भावी पुस्ताका लागि पानीका स्रोत सुरक्षित राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले खानेपानी योजनाको प्रभावकारी सञ्चालनका लागि उपभोक्ता समितिको सक्रियता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताए । उनले समुदायको सहभागिता र अपनत्वबिना कुनै पनि योजना दीगो हुन नसक्ने उल्लेख गर्दै पानीको संरक्षण र सदुपयोगलाई अभियानका रूपमा अघि बढाउन आग्रह गरे ।

वास संयोजक टेकराज शाहीले खानेपानीका संरचना निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै तिनको नियमित संरक्षण, उचित सञ्चालन र समुदायको स्वामित्वमार्फत मात्र योजनालाई दीगो बनाउन सकिने बताए ।

उनले पानी सम्मेलनले उपभोक्ता समितिबीच अनुभव आदानप्रदान गर्ने, देखिएका समस्या पहिचान गर्ने तथा समाधानका उपाय खोज्न महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए ।

सम्मेलनमा सहभागीहरूले आ–आफ्ना क्षेत्रमा सञ्चालनमा रहेका खानेपानी योजनाका अनुभव, चुनौती र सुधारका उपायबारे धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउन प्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको ११ औं दिनपछि एक जना पक्राउ परेका छन् । खुकुरी प्रहार गरेको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ घर भएका टाइगर भनिने २५ वर्षीय गोविन्द चन्द पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टाइगरलाई बाँकेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । ...
। गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती ...
। सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यापक संशोधनको तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ऐनमा तेस्रो पटक व्यापक संशोधन तयारी अघि बढाएको हो । ऐन संशोधन गर्नका लागि विधेयकको मस्यौदा तयार पारिएको छ । विधेयकको मस्यौदा तयार पारेर सर्वसाधारण तथा सरोकारवालासँग आफ्नो राय सुझाव माग गरिएको छ । सात दिनभित्रमा राय सुझाव ...
। कैलालीको गोदावरीमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा डुबेर ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका-७ घर भई केसी हाल मामा घरमा बस्दै आएकी थिइन् । मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्टोमा खसेर डुबेको अवस्थामा ...
। त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पस र विभागहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दियो । सोमबार त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सूचना जारी गरी सरकारको निर्णयअनुसार संरचना हटाउन भनेको हो । ‘दलीय विद्यार्थीको संगठनका संरचना भए हटाउन भनेको हो,’ रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने । त्रिविको निर्णयमा विद्यार्थी संगठनले भने असन्तुष्टि जनाएका छन् । सरकारले ६० दिनभित्र ...