मुख्य समाचार
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ

। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।
तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् ।
पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ ।

दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । यी घटनाहरू पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् ।

संयुक्त राष्ट्र संघका अनुसार आइतबारको आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर, अफगानिस्तानले भने पाकिस्तानको आक्रमणमा आवासीय घरहरूलाई नै निशाना बनाइएको दाबी गर्दै ३६ जना सर्वसाधारणको मृत्यु र १६० भन्दा बढी व्यक्ति घाइते भएको बताएको छ।

केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव बढेको छ । दुवै देशले गत अक्टोबरमा धेरै सातासम्म चलेको रक्तपातपूर्ण झडपपछि युद्धविराममा सहमति गरेका थिए ।

पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध आक्रमण गर्ने आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर, तालिबान सरकारले आरोपहरू अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...