मुख्य समाचार
बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी
बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी

। बजारमा पटक–पटक देखिने औषधिको अभावलाई सम्बोधन गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौज्दात राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। विभागले विशेषगरी क्यान्सर, दुर्लभ रोगका औषधि र जीवनरक्षक औषधिको अभाव हुन नदिन यस्तो योजना अघि बढाएको हो।

विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणका कारण बजारमा बेलाबेला औषधिको चरम अभाव देखिने गरेको छ।

‘कहिलेकाहीँ मूल्यको कारणले पनि औषधि अभाव हुने गरेको छ। अहिले मूल्यकै कारणले क्यान्सरका औषधिहरूमा एकदमै चरम अभाव छ,’ उनले भनिन्, ‘कोभिडकै बेलामा सिटामोल र जीवनजलको अभाव देखिनु पनि प्राथमिक मूल्यसँगै जोडिएको विषय हो।’

कतिपय दुर्लभ रोगमा प्रयोग हुने ‘अर्फान ड्रग्स’ व्यावसायिक रूपमा नाफा नदिने भएकाले उत्पादक वा आयातकर्ताले उत्पादन र आयातमा चासो नदेखाउँदा पनि अभाव हुने गरेको छ। यस्ता औषधि सधैँ नचाहिने तर आवश्यक परेका बेला नपाउँदा बिरामीको ज्यान नै जोखिममा पर्ने भएकाले विभागले न्यूनतम मौज्दात राख्ने तयारी गरेको हो।

‘जुन बेलामा चाहिने त्यही बेलामा हामीले उपलब्ध गर्न सकेनौँ भने एकदमै ज्यान जोखिममा हुने तर रेगुलरली नचाहिने त्यस्तो औषधिहरू पनि छन्। यस्ता औषधिहरू मिनिमम स्टक मेन्टेन गर्नुपर्छ,’ निमित्त महानिर्देशक खड्गीले भनिन्, ‘आगामी दिनमा अभाव हुने औषधिहरूको मिनिमम स्टक राख्नेगरी काम गर्ने तयारीमा छौँ।’

यसका लागि विभागले स्वास्थ्य सेवा विभाग, अस्पताल र सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ। अत्यन्त कम दर्ता भएका जीवनरक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना विभागको छ।

रेबिज खोप अभावबारे विभाग बेखबर

पछिल्लो समय बजारमा रेबिज खोपको अभाव भएको गुनासो सुनिए पनि विभागमा यसबारे आधिकारिक जानकारी नआएको खड्गीले बताइन्। नेपालमा मानव प्रयोगका सबै खोप विदेशबाटै आयात हुने गरेका छन्।

‘रेबिज खोपको अभावको विषय अलिकति उठिरहेको छ, तर विभागमा अभाव रहेको भन्ने कुनै जानकारी आएको छैन,’ उनले भनिन्, ‘यो गभर्मेन्ट प्रोक्योरमेन्टको प्रक्रियामा अलि ढिलो भएको हो, तर अहिले त लगभग भइसक्यो जस्तो लाग्छ।’

उनले खोप आवश्यक परेमा विभागले विशेष सिफारिसमार्फत उपलब्ध गराउने पनि जानकारी दिइन्।

खुला सीमाले नक्कली औषधिको जोखिम

भारतसँगको खुला सीमाका कारण नेपालमा दर्ता नभएका र नक्कली औषधि भित्रिने जोखिम बढेको विभागले जनाएको छ।

‘ओपन बोर्डरका कारणले कतिपय खोप र औषधिहरू नक्कली आउने गरेको विभागको नोटिसमा छ। अहिले रिसेन्टली पनि एउटा ‘सेरोफ्लो’ भन्ने नक्कली औषधि आइरहेको छ,’ खड्गीले भनिन्, ‘खुला बोर्डरको कारणले भन्सार बिन्दुमै औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको उपस्थिति नहुँदा नियमनमा हामीलाई गाह्रो भएको छ।’

३ वर्षदेखि रोकिएको विदेशी उद्योग निरीक्षण खुलाइने

विभागले विगत तीन वर्षदेखि नयाँ औषधि दर्ताका लागि आवश्यक विदेशी औषधि उद्योग निरीक्षण (जीएमपी निरीक्षण) गर्न सकेको छैन। खड्गीका अनुसार जीएमपी समितिबाट सिफारिस भएका फाइलहरू मन्त्रालयमा पठाइए पनि आवश्यक निर्णय हुन बाँकी छ।

यद्यपि, यस वर्षदेखि नियमित वार्षिक कार्यक्रमअनुसार विदेशी उद्योग निरीक्षण पुनः सञ्चालन गर्ने र नयाँ औषधि दर्तालाई प्राथमिकतामा राख्ने विभागको योजना छ।

सरकारले अत्यावश्यक औषधिमा कम्तीमा ८० प्रतिशत आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको भन्दै उनले स्वदेशी उद्योगलाई अत्यावश्यक औषधि उत्पादनतर्फ प्रोत्साहन गरिने समेत बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम