मुख्य समाचार
जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार
जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार

। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ ।

अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुन: पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको हो ।

ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन जारी गरेको आदेशलाई कायम राख्न अदालतसँग आग्रह गरेका थिए ।

साथै, यस मुद्दाको मौखिक बहसमा उपस्थित हुने उनी पदमा रहेका पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए ।

प्रधानन्यायाधीश जोन रोबर्टसले फैसला लेख्दै भने, ‘नागरिकता भनेको अधिकारहरू प्राप्त गर्ने अधिकार हो– हाम्रो राजनीतिक समुदायमा स्वतन्त्र रूपमा सहभागी हुने अधिकार । चौधौं संशोधनका निर्माताहरूले यो प्रतिज्ञा यस भूमिमा स्वतन्त्र रूपमा जन्मिने प्रत्येक व्यक्तिसम्म विस्तार गरेका थिए । आज हामी त्यही प्रतिज्ञालाई कायम राख्छौँ ।’

निर्णयप्रति न्यायाधीशहरू केलेरेन्स थोमस, नेल गोर्सच र स्यामुअल अल्टिटोले असहमति जनाएका छन् । थोमस र गोर्सचले संविधान वा संघीय कानुनले अमेरिकामा स्थायी बसोबास नगर्ने व्यक्तिका सन्तानलाई स्वत: नागरिकता सुनिश्चित नगरेको तर्क गरेका छन् ।

अवैध रूपमा बसेका आप्रवासी, पर्यटक वा विदेशी विद्यार्थीका सन्तान चौधौं संशोधनअन्तर्गत अमेरिकी नागरिक बन्न योग्य नहुने ट्रम्प प्रशासनको तर्क थियो ।

उक्त संशोधन अमेरिकी सिभिल वारपछि पूर्वदास र तिनका सन्तानको कानुनी हैसियत सुनिश्चित गर्न १८६८ मा लागु गरिएको थियो ।

यस नीतिको विरोध गर्ने आप्रवासी अधिकारकर्मी र नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले यस्तो व्यवस्था लागु भए हरेक वर्ष गैर–नागरिक अभिभावकबाट जन्मिने लाखौँ बालबालिका प्रभावित हुने र जन्म प्रमाणपत्र मात्रका आधारमा नागरिकता प्रमाणित गर्ने अभ्यास समाप्त हुँदा ठूलो प्रशासनिक समस्या सिर्जना हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...