मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू–भागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण
परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू–भागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण

। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भू–भागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् ।

बुधबार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको स्पष्ट पारेका हुन् ।

मन्त्री खनालले उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय भएको पाइएको पनि बताए ।

‘दार्चुला जिल्ला भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भू-भाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ,’ मन्त्री खनालले भने ।

उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको उनले बताए । आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत उनले गरे ।

‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भईरहेको छ । नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या र समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको सम्मानित सदनलाई अवगत नै छ । यसै शिलशिलामा भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरुसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास सम्वादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ,’ उनले भनेका छन् ।

मन्त्री खनालले सरकारले भारतसँगको निर्यात व्यायारमा देखिएको समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराएका हुन् । मन्त्री खनालले केही डिजिटल ...
। राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग स्पष्टिकरण सोधेको छ । विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो । आयोगले पत्रमा ‘बालबालिकाहरूलाई पार्टी सदस्यको रूपमा संगठित गरेको’ भन्ने समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रकाशित समाचारका ...
। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको र संसदसमेत पूर्ण कार्यकाल चल्न नसकेको भन्दै संसदीय ...
। सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले साहलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलालाई सदर गरेको हो । अख्तियारले वैशाख, २०७३ मा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद साह ...
। नेकपा (एमाले)का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन शाह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरुद्ध खबरदारी आवश्यक रहेको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा सभामा बोल्दै उनले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे । सत्तारुढ दलले संघीयता ...