मुख्य समाचार
ट्रम्पले इरानसँगकाे वार्तामा भएको प्रगति 'सकारात्मक' रहेको बताए
ट्रम्पले इरानसँगकाे वार्तामा भएको प्रगति 'सकारात्मक' रहेको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगकाे वार्तामा भएको प्रगति 'सकारात्मक' रहेको बताएका छन्। हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ।

बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम कटौती गर्ने दिशामा प्रक्रिया सही मार्गमा अघि बढिरहेको उल्लेख गरे। एक प्रश्नको जवाफमा ट्रम्पले दुवै पक्षबीच निकै राम्रो छलफल भएको बताउँदै भने, 'अब अगाडि के हुन्छ, त्यो भने हेर्न बाँकी नै छ।'

राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानमाथि दबाब कायम राखेको भए तापनि वार्ताको प्रक्रिया निरन्तर अगाडि बढिरहेको स्पष्ट पारे।

अर्कातर्फ, इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। कतारको राजधानी दोहामा इरान र अमेरिकाबीच भएकाे अप्रत्यक्ष प्राविधिक वार्तामा कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्‍याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरे । चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द ...
। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमार्फत अमेरिकामा जन्मसिद्ध नागरिकता ‘ब्राइट राइट सिटिजनसिप’ अन्त्य गर्ने प्रयास अस्वीकार गरेको छ । अदालतले एक शताब्दीभन्दा लामो कानुनी परम्परा र संवैधानिक अभ्यासलाई पुन: पुष्टि गर्दै अमेरिकी भूमिमा जन्मिएका शिशुहरू स्वत: अमेरिकी नागरिक हुने व्यवस्था कायम राखेको हो । ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन जारी गरेको आदेशलाई कायम राख्न ...
चिनियाँ विदेशमन्त्री वाङ यी र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल–साउदबीच मंगलबार बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटका क्रममा विदेशमन्त्री वाङले मध्यपूर्वमा जारी शान्ति वार्ताप्रति चीनको समर्थन दोहोर्‍याउँदै हालैको कमजोर युद्धविरामका बावजुद वार्ता र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार वाङले भनेका छन्, ‘लडाइँ गर्नुभन्दा कुराकानी गर्नु राम्रो हो ...
। अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ । तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् । पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ । दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यावसायिक कारोबारबाट १.४ अर्ब डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ। सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो व्यवसाय र आम्दानीको ९२७ पाना लामो विस्तृत खुलासा गरेका हुन्। रोयटर्सकी प्रविधि संवाददाता काली हेजका अनुसार, सार्वजनिक प्रतिवेदनमा ...