मुख्य समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई भाडादर समायोजन गर्न आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई भाडादर समायोजन गर्न आग्रह

: सार्वजनिक सवारीको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजन गर्न लागिएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई भाडादर समायोजन गर्न आग्रह गरेको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ मूल्य घटाएको थियो। यसैसँगै संघमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा १ देखि २ प्रतिशतसम्म घट्ने भएको छ। महासंघका महासचिव डेकनाथ निरौलाका अनुसार स्वचालित मूल्य प्रणालीअन्तर्गत भाडा समायोजन गर्न सरकारसँग माग गरिएको छ।

निरौला भन्छन्, ‘भाडा घटाउने भनिएको होइन, मूल्यवृद्धि हुँदा पनि समायोजन हुनुपर्‍यो। घट्दा पनि समायोजन हुनुपर्‍यो। अन्तर्राष्ट्रिय प्रणालीअनुसार भाडा समायोजन हुनुपर्छ भन्ने हाम्रो आग्रह हो।’ यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणालीअनुसार नयाँ दररेट निर्धारणका लागि आवश्यक प्राविधिक गृहकार्य सुरु गरेको छ।
विगतमा इन्धनको मूल्य वृद्धि हुँदा वैज्ञानिक भाडा प्रणालीअनुसार १३ प्रतिशत भाडा बढाउनुपर्ने सिफारिस भएको बताउँदै महासचिव निरौलाले ५ प्रतिशत मात्रै समायोजन भएको जानकारी दिए। उनी भन्छन्, ‘यो बीचमा ४ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको थियो, भाडा समायोजन २ पटक मात्रै भएको थियो। यसअघि पनि व्यवसायीहरू मर्कामा परेका थिए। सेवा दिइरहेकै थिए।’

इन्धन, लुब्रिकेन्ट्स र मर्मत सम्भारलगायतका सूचकहरूलाई आधार मानेर नयाँ भाडादर सार्वजनिक गर्न यातायात महासंघको आग्रह छ। सार्वजनिक सवारीमा बसहरूको भाडा केही प्रतिशत घट्न सक्ने सम्भावना रहेको बताउँदै महासचिव निरौला भन्छन्, ‘ढुवानी गर्ने सवारीसाधनको भाडा नघट्न सक्छ।’महासंघका महासचिव निरौलाका अनुसार १ देखि २ प्रतिशतसम्म भाडा घट्न सक्छ।

अन्तरप्रदेशको भाडा समायोजन यातायात व्यवस्था विभागले गर्छ भने प्रदेशअन्तर्गतको भाडा समायोजन प्रदेशका यातायात मन्त्रालयले गर्छन्। कतिपय प्रदेशले यसअघि पनि भाडा बढाएका छैनन्। उनीहरूको हकमा भाडा नघट्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...