मुख्य समाचार
भारतीय सुरक्षा निकायले दुई स्थानबाट तीन जना ब्राउनसुगर कारोबारीलाई करिब साढे २३ लाख नेपाली रुपैयाँसहित पक्राउ
भारतीय सुरक्षा निकायले दुई स्थानबाट तीन जना ब्राउनसुगर कारोबारीलाई करिब साढे २३ लाख नेपाली रुपैयाँसहित पक्राउ

: खुला सीमा नाकाका कारण भारतबाट लागूऔषध ब्राउनसुगर दैनिक भित्रिरहँदा यहाँका सुरक्षा निकायलाई नियन्त्रणमा चुनौती थपिरहेको बेला भारतीय सुरक्षा निकायले दुई स्थानबाट तीन जना ब्राउनसुगर कारोबारीलाई करिब साढे २३ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।

भारतीय सुरक्षा निकायले ब्राउनसुगर नेपाल सप्लाई गर्ने तयारी गरिरहेको गोप्य सूचनाको आधारमा किशनगञ्ज जिल्ला अन्तर्गत गलगलिया र दिघलबैंक क्षेत्रमा छापा मारेर ६२३ ग्राम ब्राउन सुगर बरामद गरेको छ । यो भारतीय सुरक्षा निकायको ठूलो सफलता हो ।

भद्रपुर सीमा पारी भारतको गलगलिया थाना क्षेत्रको लकडी डिपो गाउँ (भातगाँउ पञ्चायत) स्थित गलगलिया रेलवे स्टेशन नजिक एसएसबीको ४१औँ बटालियन र गलगलिया प्रहरीको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान करिब ५:३४ बजेको समयमा छापा मारेर ५४३ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।



संयुक्त प्रहरी टोलीले लागूऔषधविरुद्ध ठूलो कारबाही गर्दै पाँच वटा छुट्टाछुट्टै पोलिथिन प्याकेटमा लुकाएर राखिएको जम्मा ५४३ ग्राम ब्राउन सुगर बरामद गरेको भारतीय प्रहरीले जनाएको छ । बरामद गरिएको ब्राउन सुगरमध्ये पहिलो प्याकेटमा ११९ ग्राम, दोस्रोमा १०६ ग्राम, तेस्रोमा १२० ग्राम, चौथोमा ९७ ग्राम र पाँचौँ प्याकेटमा १०१ ग्राम रहेको थियो ।

कारबाहीका क्रममा ४६ वर्षीय मोहम्मद फारुख र २३ वर्षीय मोहम्मद उमर पक्राउ परेका छन् । नातामा बुबा-छोरा पर्ने उनीहरू गलगलिया थाना अन्तर्गत लकडी डिपो गाउँका बासिन्दा हुन् । लागूऔषधको कारोबार गर्दै आइरहेका बुबा-छोरा ब्राउनसुगर भद्रपुर नाकाबाट नेपाल पठाउँदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनास्थलबाट दुई थान मोबाइल फोन, भारतीय रुपैयाँ १ लाख ९० हजार र तथा नेपाली ६४० रुपैयाँ समेत बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि गलगलिया प्रहरीको जिम्मा लगाइएको छ । उनीहरूमाथि भारतको एनडीपीएस ऐन अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

त्यस्तै किशनगञ्ज प्रहरी र एसएसबीको संयुक्त टोलीले झापा गाउँपालिकासँग जोडिएको सीमा पारी दिघलबैंक थाना क्षेत्रको मोहमारी खरवार टोल बस्ने शाहनवाज हुसेनलाई ८० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनको घरमा छापा मारेर संयुक्त टोलीले नेपाली २३ लाख ४७ हजार ९०० नेपाली र ३० हजार ५५० भारतीय रुपैयाँ पनि बरामद गरेको भारतीय प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा संयुक्त टोलीले खोजतलास गर्ने क्रममा कारोबारीबाट ६ वटा मोबाइल फोन र एउटा डिजिटल तराजु पनि बरामद भएको छ । बरामद भएको ठूलो मात्रामा नेपाली मुद्रालाई ध्यानमा राख्दै, अनुसन्धान एजेन्सीहरूले यो मुद्दा अन्तर्राष्ट्रिय तस्करी नेटवर्कसँग जोडिएको आशंका गरेका छन् ।

प्रारम्भिक अनुसन्धानले अभियुक्तको नेपालमा सक्रिय तस्करहरूसँग सम्बन्ध हुन सक्ने देखाएको छ । बरामद गरिएका मोबाइल फोनहरूको जाँच गरी उसको नेटवर्क र अन्य सहयोगीहरूको बारेमा जानकारी सङ्कलन गरी थप कारबाही अघि बढाउने जनाइएको छ । यस लागूऔषधको सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ । प्रहरीले अभियुक्त शाहनवाजविरुद्ध एनडीपीएस ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...