मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्

: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।

उनले ती भूभाग नेपालको भएको दाबी दोहोर्‍याउँदै नेपालसँग त्यसका लागि ऐतिहासिक आधार, प्रमाण र नक्सा रहेको बताए। 'हामी हाम्रो दाबीका आधारमा कूटनीतिक संवादमार्फत समस्या समाधान गर्न चाहन्छौं,' उनले भने।

उनले उक्त विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश तयार रहेको बताए।

मन्त्री खनालले नेपाल र भारतबीच सदियौंदेखि खुला सीमा कायम रहेको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित भएको बताए। उनका अनुसार नेपाल-भारत सीमाको अधिकांश भाग निर्धारण भइसके पनि सुस्ता तथा लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा सीमांकन अझै टुंगो लाग्न बाँकी छ।

उनले सुस्तास्थित नारायणी नदी किनारमा करिब एक किलोमिटर लम्बाइको तटबन्ध निर्माण भइरहे पनि त्यसमा भारतीय पक्षबाट कुनै अवरोध वा हस्तक्षेप नभएको बताए। यद्यपि, त्यही क्षेत्रमा सञ्चालित सिँचाइ आयोजनाका विषयमा भने दुवै देशबीच संवाद आवश्यक रहेको उनको भनाइ थियो

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सप्तरीमा आत्महत्या दुरुत्साहन मुद्दामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीका ४० वर्षीय रामेश्वर राम रहेको जनाएको छ । प्रहरीका अनुसार बोदेबरसाईन नगरपालिका–४ सिलहट प्रसाहीकी सरस्वती राम २०८३ असार १२ गते राति आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव असार १३ गते बिहान ...
। उच्च अदालत जनकपुरले मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको छ । कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष ...
। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् । उनले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराएकी हुन् । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको ...
: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औैं वार्षिक साधारणसभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न ...
। ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धाकधम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दुई युवालाई पक्राउ गरेको छ । लेनदेनको विषयमा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवा खानीडाँडाकी वृद्धा दिलमायाँ बुढाथोकीलाई घरैमा गएर भरुवा बन्दुक देखाएर धाकधम्की दिने सोही ठाउँका सन्तोष राई र सन्देश राईलाई पक्राउ गरेको हो । असार १५ गते धाकधम्की दिएको जाहेरीको आधारमा राईद्वयलाई भरुवा ...