मुख्य समाचार
ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको विवादमा उच्च अदालत जनकपुरले नगरपालिकाको नाममा निषेधाज्ञा आदेश जारी
ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको विवादमा उच्च अदालत जनकपुरले नगरपालिकाको नाममा निषेधाज्ञा आदेश जारी

: मञ्जुरी बिना गौशाला नगरपालिकाले ढल निकास गर्न खोजेपछि रोक्न गएका निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेको विवादमा उच्च अदालत जनकपुरले नगरपालिकाको नाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।

उच्च अदालत जनकपुरले निगौल गाई गौशालाको जग्गामा मञ्जुरी बिना गौशाला नगरपालिकालाई हस्तक्षेप नगर्न दिएको आदेशको उल्लंघन गरेको बेलामा उच्च अदालतले पुनः १५ दिने म्यादसहितको लिखित जवाफ पेश गर्न भन्दै कुनै प्रकारको ढल निकास एवं पक्की नाला निर्माण गर्नेलगायतका कुनै कार्य तत्काल नगर्नु नगराउनु, निर्माण कार्य शुरु गरेको भए यथास्थितिमा राखु भनी आदेश गरेको हो ।

उच्च अदालत जनकपुर न्यायाधीश राजुराम सिलवालको एकल इजलासले दिएको आदेशमा भनिएको छ, ‘निवेदनमा उल्लिखित कि.नं. ८२, ८३, ८४ को जग्गा निगौल श्री गोपाल गौशालाको नाउँमा रहेको भन्ने निवेदकले निवेदन साथ पेश गरेको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपीबाट देखियो । उल्लेखित जग्गाको विषयमा यिनै निवेदकले यिनै विपक्षीहरुउपर दिएको निवेदन नं.०८२–००४३ को नि. नं.२८२ को निषेधाज्ञा मुद्दामा प्रस्तुत निवेदनमा उल्लेखित जग्गामा कुनै प्रकारले हस्तक्षेप नगर्नु नगराउनु भनी मिति २०८२-१०-२० गते यसै अदालतवाट विपक्षीहरुको नाउँमा आदेश भएको छ ।’



आदेशमा थप भनिएको छ, ‘निवेदकले निवेदनसाथ पेश गरेको फैसलाको प्रतिलिपिबाट देखिएको अवस्थामा पुनः निवेदक कार्यालयको नाउँमा रहेको उक्त जग्गाहरुमा निवेदक कार्यालय तथा सम्वन्धित विभागमा कानून बमोजिम समन्वय नगरी विपक्षीहरुवाट ढल निकासको कार्य गर्दा निवेदक निगौल श्री गोपाल गौशालालाई अपुरणीय क्षति हुन सक्ने देखिएकाले प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उक्त जग्गामा कुनै प्रकारको ढल निकास एवं पक्की नाला निर्माण गर्ने लगायतका कुनै कार्य तत्काल नगर्नु नगराउनु, निर्माण कार्य शुरु गरेको भए यथास्थितिमा राखु भनी विपक्षीहरुको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनू ।’

निगौल गाई गौशाला व्यवस्थापन कार्यालयको तर्फबाट अख्तियारवाला कान्तिकुमारी पाण्डेको निवेदनको आधारमा उच्च अदालतले दोश्रो पटक निषेधाज्ञा मुद्दामा विपक्षी गौशाला नगरपालिकाको कार्यालयलाई भनेको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश जारी हुन पर्ने हो, होइन ? आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सो समेत खुलाई यो सूचना प्राप्त भएको मितिले बाटाको म्याद वाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षहरुले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नुहोला भनी यो आदेश र निवेदनको प्रतिलिपी समेत साथै राखी विपक्षीको नाउँमा म्याद-सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु होला ।’

यसै घटनामा निगौल गाई गौशाला व्यवस्थापन कार्यालयका प्रमुख कान्तिकुमारी पाण्डेलाई नगरपालिकाबाट खटिएको नगर प्रहरीको १० जनाको टोलीले गत विहिवार साँझ करिब ५ बजे कुटपिट गरेको थियो । गौशाला नगरपालिकाले निगौल गाई गौशालाको जग्गामा बजार ठेक्का लगाउने र जर्बजस्ती ढल निकास गर्न खोजेपछि रोक्न गएको कार्यालय प्रमुखलाई पाण्डेलाई नगर प्रहरीहरुले दुर्व्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । नगरपालिकाले गाई गौशालालाई करिब ६ करोड भुक्तानी नगर्दा विवाद लामो समयदेखि पटक–पटक विवाद हुँदै आएको निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्ति पाण्डेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...
— सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो। बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ ...
— ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् । बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् । यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई ...