मुख्य समाचार
आफ्नै परिवारका सदस्यलाई फसाउन युवकले गरे छिमेकीको हत्या
आफ्नै परिवारका सदस्यलाई फसाउन युवकले गरे छिमेकीको हत्या

: गत असार १ गते सर्लाहीको बसबरिया गाउपालिका–१ मानपुर गाउँमा सुतिरहेका बेला घाँटी रेटेर एक ५२ बर्षीय व्यक्तिको हत्या गर्ने आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत हत्या आरोपमा पक्राउ परेका बसबरिया गाउँपालिका–१ मानपुर निवासी २५ वर्षीय सन्तोषकुमार रायलाई सार्वजनिक गरेपछि घटनाले सामाजिक अपराध र हत्या जस्ता अपराध गर्ने ठूलो कारण नचाहिने देखाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मोबाइलको विषयमा भएको विवाद, पैसा नदिएको रिस तथा परिवारले सुधार केन्द्र पठाउने भन्दै तयारी समेत थाएकाले आक्रोशमा आएर रायले हत्या गरेको खुलेको सर्लाही प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलले जानकारी दिए । आफ्नै घरमा सुतिरहेका ५३ वर्षीय होसनारायण राय यादवमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर आफ्नै परिवारका सदस्यलाई फसाउने योजना गरेर हत्या गरेको उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरीले कसरी थाल्यो अनुसन्धान ?

असार ७ गते घटनाको जानकारी बिहान १ः४५ बजे इलाका प्रहरी कार्यालय मानपुरमा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । गम्भीर घाइते भएका यादवको घाँटीको दाहिने भागमा गहिरो चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि बरहथवा नगर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा बिहान २ बजे होस नारायणलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, प्राविधिक टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग) टोली परिचालन गरी व्यापक अनुसन्धान सुरु गरिएको थियो । घटनास्थलमा रहेका प्रमाण, कल डिटेल र लोकेसन विश्लेषण (सीडीआर, बीटीएस), सीसीटीभी फुटेज तथा अन्य प्राविधिक आधारहरूको अध्ययन गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा मृतकसँगै घरमा रहेका परिवारका सदस्यहरूले मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको बताएका थिए । घटनाकै राति वारदातस्थलबाट करिब दुईदेखि तीन सय मिटर दूरीमा पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल चोरी भएको सूचना पनि प्रहरीलाई प्राप्त भएको थियो ।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल प्रयोग गरी स्थानीय सन्तोषकुमार राय घटनास्थल पुगेको तथा घटनापछि उनी गाउँबाटै सम्पर्कविहीन भएको तथ्य खुलेको प्रहरीले जनाएको छ । चोरी भएको मोटरसाइकल असार १४ गते लालबन्दी नगरपालिका–२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले सन्तोषको खोजी तीव्र बनाएको थियो । अन्ततः घटना घटेको ९ दिनपछि असार १६ गते दिउँसो बरहथवा नगरपालिका–७ बरहथवा बजार नजिक लुकीछिपी बसेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या गरेको स्वीकार गरेका छन् । उनले वारदातअघि मोटरसाइकल चोरी गरी सोही साधन प्रयोग गरेर घटनास्थल पुगेको, हत्या गरेपछि मोटरसाइकलमा भागेर पछि नवलपुरमा छाडेको बयान दिएका छन् । घटनामा प्रयोग गरिएको हँसिया बरहथवा नगरपालिका–१३ बिनमा टोल नजिक सडक छेउको खेतमा फ्याँकेको बताए पनि हालसम्म उक्त हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा सन्तोषले असार ६ गते मोबाइलको विषयमा भएको विवाद, आफूले पटक–पटक पैसा माग्दा नपाएको तथा परिवारले सुधार केन्द्र पठाउने कुरा गरेकाले रिसको आवेगमा हत्या गरेको बयान दिएका छन् । उनले घटनापछि आफ्नै परिवारलाई फसाउने उद्देश्य समेत रहेको प्रारम्भिक बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सन्तोषलाई यसअघि पनि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा राखिएको खुलेको छ । प्रहरीले पक्राउ परेका सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...
— सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांकका अनुसार हवाईमार्गबाट आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो। बोर्डद्वारा जारी विज्ञप्तिअनुसार, गत वर्षको जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ ...
— ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार डोल्पाको जगदुल्ला गाउँपालिकास्थित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बेलिब्रिज उद्घाटन गरेका छन् । बिहीबार जगदुल्ला गाउँपालिकाको काइगउँमा आयोजित एक कार्यक्रमबीच जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको कार्यालय तथा आवास भवनसँगै आयोजनासम्म पुग्ने बेलिब्रिज पुल उद्घाटन गरेका हुन् । यससँगै उनले ड्यामसाइटदेखि पावरहावससम्मको सुरुङमार्गको ...
: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराएका हुन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई ...