मुख्य समाचार
पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दै
पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दै

: महोत्तरी प्रहरीले पक्राउ गरिएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालत जलेश्वरमा पेस गर्दैछ । बिहीवार गौशालाबाट पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउन लागिएको महोत्तरीको प्रहरी प्रवक्ता एव डीएसपी पन्चलाल गोलेले जनाए । अदालतको आदेश लगतै कोइरीलाइ कारागार पठाइने छ । स्रोतका अनुसार उनलाइ जलेश्वर कारागार पठाउने तयारी छ । तर, प्रहरीले यसलाई भने पुष्टि गरेनन् ।

ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मिति २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उक्त फैसलाको कार्यान्वयनका लागि पक्राउ गरिएका कोइरीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता पञ्चलाल गोलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुका लागि सडक किनारका होटल केवल खाना खाने ठाउँमात्र होइनन्, लामो यात्राको थकान मेट्ने भरोसाको विश्रामस्थल पनि हुन्। बिहानको तातो चिया दिउँसोको खाना वा रातको बाससँगै यात्रुले सुरक्षित, स्वच्छ र गुणस्तरीय भोजनको अपेक्षा गरेका हुन्छन्। तर धादिङ खण्डमा गरिएको एउटा आकस्मिक अनुगमनले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला ...
: गोरखामा गोरखा दरबारभन्दा पुरानो(मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका-१० छेपेटारमा पुरातत्व विभागले दुईवर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद यमुना महर्जनले जानकारी दिइन्। इँटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, घेराबार ...
— आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली ‘आर्थिक अपराधविरुद्धको प्राधिकरण’ गठन गर्ने भएको छ । आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर एक वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए । प्रतिनिधिसभा बैठकमा बिहीबार सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक २०८३ उपर सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा ...
— कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको ...
— रास्वपाले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेपछि मधेशकेन्द्रित दलहरू अहमति राखेका छन् । उनीहरूले औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारको धारणा माग गरेका छन् । संघीयताका लागि मधेश तराईमा ठूला आन्दोलन गरेका दलहरूले आपत्ति जनाउँदै रास्वपाको त्यो प्रस्ताव स्थगित गर्न आग्रह गरेका छन् । सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा ...