मुख्य समाचार
खामेनीको अन्तिम संस्कारका क्रममा यदि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले कुनै पनि किसिमको कारबाही गरेमा त्यसको कडा जवाफ दिने चेतावनी
खामेनीको अन्तिम संस्कारका क्रममा यदि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले कुनै पनि किसिमको कारबाही गरेमा त्यसको कडा जवाफ दिने चेतावनी

: इरानले आफ्ना सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका क्रममा यदि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले कुनै पनि किसिमको कारबाही गरेमा त्यसको कडा जवाफ दिने चेतावनी दिएकाे छ।

बीबीसी मनिटरिङका अनुसार, इरानको खातम अल-अम्बिया केन्द्रीय मुख्यालयका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले खामेनीको अन्तिम संस्कार अगाडि अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूलाई इरानविरुद्ध कुनै पनि कदम नचाल्न चेतावनी दिएका हुन्।

इरानको सर्वोच्च सैन्य कमानका प्रमुख अब्दुल्लाहीले अन्तिम संस्कार समारोहले इरानी जनता अली खामेनीको मृत्युको 'बदला लिन'दृढ छन् भन्ने कुरा प्रमाणित गर्ने बताए। यो जानकारी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग आबद्ध तसनीम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमार्फत दिएको हो।

'हामी शक्तिशाली इरानका शत्रुहरू, विशेष गरी अमेरिका, जायोनी शासन 'इजरायल र उसका क्षेत्रीय तथा क्षेत्र बाहिरका सहयोगीहरूलाई चेतावनी दिन्छौँ कि उनीहरूले कुनै पनि प्रकारको भ्रम वा गलत आँकलन नगरुन्।' उनले इरानको सीमा वा क्षेत्रविरुद्ध गरिने कुनै पनि 'धम्की वा आक्रामक कारबाही'को जवाफ इरानी सशस्त्र बलले 'कडा र पछुतो हुने गरी' दिने स्पष्ट पारे।

तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिलाका उपप्रमुख मोहम्मद अमीन तवाकलिजादेहका अनुसार जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । उनको शवयात्रा र अन्त्येष्टिसम्बन्धी धार्मिक विधि–विधान इरान र इराकमा पाँच दिनसम्म सञ्चालन हुनेछन् । जुलाई ४, ५, ६, ७ र ८ तारिखमा हुने अली खामेनीको अन्तिम संस्कारमा राजधानी तेहरानमा १ करोड ५० लाखदेखि २ करोड मानिसहरू सहभागी हुन सक्ने अनुमान गरिएको छ र सोही अनुरूप तयारी भइरहेको छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले भारतका तर्फबाट बिहारका गभर्नर सैयद अता हसनैन र विदेश मामिला राज्यमन्त्री पवित्र मार्गेरिटा जुलाई ३ मा अयातुल्लाह सैयद अली खामेनीको अन्तिम संस्कारमा सहभागी हुन इरान जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...