मुख्य समाचार
पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित
पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित

: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो।

पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका थिए।

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। तर त्यो गोल अफसाइड घोषित भयो। त्यसपछि भने बराबरीमा ल्यायो। खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको लागि पेनाल्टी मार्फत गोल गरे।

खेलको निर्धारित ९० मिनेटमा दुवै टोली बराबरीको स्थितिमाथि निर्धारित ९० मिनेटमा १० मिनेटको इन्जुरी समय थप गरिएको थियो। त्यसको चौथो मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोसले उत्कृष्ट हेडर मार्फत गोल गर्दै पोर्चुगललाई २-१को स्थितिमा ल्याए र यही गोल नै निर्णायक सावित भयो। इन्जुरी समयको अन्तिम मिनेटमा क्रोएसियाले गोल फर्काउने प्रयास गर्यो। क्रोएसियाले फर्काएको गोल भने अफसाइड घोषित हुँदा पोर्चुगल अन्तिम १६मा प्रवेश गरेको हो।

यो खेलबाट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा निरन्तर हुने भएको छ । क्रोएसियाका लेजेन्ड लुका मोड्रिकको भने विश्वकप यात्रा सकिएको हो।पोर्चुगलले राउन्ड अफ १६ मा स्पेनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...