। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन् ।
चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन् ।
जस अनुसार, नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका १४ विधेयक रहेका छन् ।
तर्जुमाका लागि सहमति दिइएका ८ वटा अध्यादेश, २४ नियमावली, ९ वटा गठन आदेश लगायतका कार्य उनले आफ्नो कार्यसूचीमा सार्वजनिक गरेकी छिन् ।
अन्तर्राष्ट्रिय सन्धी सम्झौता सम्बन्धी कार्य अन्तर्गत कानूनी राय प्रदान गरेको सम्झौता ५ वटा, ३२ वटा सन्धी सम्झौतामा राय परामर्श भएको मन्त्रालयले जनाएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी कार्य अन्तर्गत नियमावली मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको, पीडित र उजुरीकर्ताको विवरण तयार हुने व्यवस्था गरिएको लगायतका कार्य समावेश छन् ।