मुख्य समाचार
कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी
कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी

। नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन् । आज संस्थापन इतर समूहका नेता पूर्णबहादुर खड्काको निवासमा बसेको उक्त समूहको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले विवाद समाधानका लागि कुनै पहल नगरेको बताएका हुन् ।

कांग्रेसको १५ औं महाधिवेशनमा सबै सहभागी हुने विषयमा के कुराले अड्काइरहेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘जो अहिले विशेष महाधिवेशनबाट सहभागी हुनु भएको छ । सबै कुरा उहाँको हातमा छ । उहाँहरू चटके हो । खराब औषधि विक्री गर्न रत्नपार्कका चटकेहरूले केके बोल्छन् नि त्यस्तै हो ।’

उनले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गरेर इतर समूहका नेताहरूलाई भेट्दै नभेटी आफ्नो हिसाबले बाहिर प्रचार गर्ने काम गरिरहेको टिप्पणी गरे ।

‘नेताहरूसँग आएर एउटा भन्नुहुन्छ बाहिर अर्को भन्नुहुन्छ,’ गगन-विश्वलाई लक्षित गर्दै भने, ‘त्यो भन्दा पनि अर्को कुरा उहाँहरूले भेटेकै हुन्न । भेटेर आएको भन्नुनुहुन्,छ हल्ला गर्नुहुन्छ, प्रचार गर्नुहुन्छ । लेखाइदिनुहुन्छ । यसरी नै चल्छ भन्ने ठान्नु भएको छ। यो समस्या समाधानको उपाए होइन ।’

बस्नेतले लामो समयदेखि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग गगन-विश्वले भेट नगरेको बताए ।

उनले छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे । त्यस्तै उनले इतर समूहले राष्ट्रिय भेलाको तयारी गरिरहेको र मितिको विषयमा छलफल जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो । अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए । दोस्रो मधेश आन्दोलनको बेला २०८२ मा सशस्त्र प्रहरीका असई थमन बिक हत्या ...
। नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छिन् । शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएकी हुन् । सांसद झाँक्रीले साना साना आयोजनहरूका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी उनको थियो ...
। धनकुटामा दुई वटा नागरिकता बनाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ । काफ्लेले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट एउटै नाममा जन्म मिति फरक बनाइ नागरिकता र राहदानी बनाएको पाइएको धनकुटाका सहायक ...
। डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममार्फत सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना ...
। सरकारले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माणका लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेलाई प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यसरी योगदान गर्नेहरूका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको धन्यवाद ज्ञापन प्रमाणपत्र तयार पारिएको समेत मन्त्रालयले जनाएको छ । प्रमाणपत्र ...