मुख्य समाचार
संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो राष्ट्रिय रेल सेवा सुरु
संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो राष्ट्रिय रेल सेवा सुरु

। संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो राष्ट्रिय रेल सेवा सुरु भएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको यस एक्सप्रेस ट्रेन नेटवर्क सर्वसाधारणका लागि खुला गरिएको हो । यो रेल सेवाले यस क्षेत्रका ११ वटा सहरहरूलाई जोड्नेछ।

मध्य पूर्वी देशमा सञ्चालन भएको पहिलो रेल सेवा मङ्गलबार स्थानीय समयानुसार बिहान ५:३४ बजे ओमानको खाडीमा रहेको फुजैराहबाट प्रस्थान गरेको थियो। उद्घाटन सेवा करिब २५० किलोमिटरको यात्रा तय गर्दै १ घण्टा ४५ मिनेटमा बिहान ७:१९ बजे राजधानी अबुधाबीको मोहम्मद बिन जायद सिटी स्टेसनमा आइपुगेको थियो।

सीएनएनका अनुसार, सञ्चालक कम्पनी इतिहाद रेलले आफ्नो ‘प्रारम्भिक सञ्चालन चरण’ सुरु गरेको जानकारी दिएको छ । कम्पनीको प्रेस विज्ञप्ति अनुसार, नेटवर्कको पहिलो दिन सञ्चालन हुने तय गरिएका छ वटा सेवाहरूमध्ये यो पहिलो थियो।

इतिहाद रेलले विज्ञप्तिमा जनाएअनुसार नयाँ रेल सेवा सुरु हुनुअघि नै १०,००० भन्दा बढी टिकटहरू बिक्री भइसकेका थिए।

कम्पनीले आफ्ना ग्राहकहरूलाई वातानुकूलित, अनबोर्ड वाइफाइ, पावर आउटलेटहरू र आरक्षित सिटहरूसहितको ‘आधुनिक यात्रा अनुभव’ प्रदान गर्ने वाचा गरेको छ। अझ बढी आराम र सुविधाका लागि ‘प्रिमियम क्लास सेवाहरू’ पनि उपलब्ध गराइएको छ।

भाडा कम्फर्ट क्लासका लागि ५५ दिराम (१५ डलर) र प्रिमियम क्लासका लागि १२० दिराम (३३ डलर) बाट सुरु हुन्छ। हाल कम्पनीसँग १३ वटा रेलहरू छन्, जसमध्ये प्रत्येकमा ४०० यात्रु बोक्ने क्षमता छ।

इतिहाद रेलकी प्रमुख सञ्चालन अधिकृत अज्जा अलसुवैदीले विज्ञप्तिमा भनिन्, ‘आज बिहान फुजैराहबाट भएको पहिलो प्रस्थान यस्तो क्षण हो जहाँ राष्ट्रिय दृष्टिकोण दैनिक जीवनको हिस्सा बन्छ। यसले मानिसहरूलाई एकअर्कासँग, अवसरहरूसँग र हाम्रो देशलाई यति अद्वितीय बनाउने ठाउँहरूसँग जोडिने नयाँ तरिका प्रदान गर्दछ। आजका यात्रुहरूले वर्षौंपछि पनि आफूहरू यसको बिल्कुलै सुरुवातमा उपस्थित रहेको गर्वका साथ भन्न सक्नेछन्।’

के छ भविष्यको योजना ?

यसै वर्षको अन्त्यतिर सेप्टेम्बर ३० मा दुबई ट्रेन स्टेसन र अल धैद ट्रेन स्टेसन खुलेपछि यो नेटवर्कको विस्तार हुनेछ भने त्यसको तीन महिनापछि अल धफ्रामा स्टेसनहरू खुल्नेछन्। इतिहाद रेलका अनुसार, आगामी वर्ष मार्चको अन्त्यमा शारजाह स्टेसन खुलेपछि सम्पूर्ण रुटको काम पूरा हुनेछ।

९०० किलोमिटर लामो यो नेटवर्क यूएईको कार्बन उत्सर्जन घटाउने र दिगो यातायात प्रणाली विकास गर्ने बृहत् योजनाको एक महत्त्वपूर्ण हिस्सा हो। सबै स्टेसनहरू खुलेपछि, यो नेटवर्कले ओमानको खाडीलाई इमिरेट्स हुँदै पर्सियन गल्फसँग, अबुधाबीको भित्री भागहरूसम्म र साउदी अरेबियाको सिमानामा रहेको घुवेफातसम्म जोड्नेछ।

यातायातको एकीकरण र विशेषज्ञको राय

इमिरेट्सका नागरिकहरू कारप्रतिको मोहका लागि चिनिन्छन्। त्यसैले रेल प्रणाली सुरु गर्नुको अर्थ मानिसहरूलाई रेल स्टेसनदेखि उनीहरूको घर वा अन्य गन्तव्यहरूसम्म पुर्‍याउने उचित विकल्प खोज्नु पनि थियो।

यातायातको जिम्मेवारी पाएको सरकारी निकाय ‘इन्टिग्रेटेड ट्रान्सपोर्ट सेन्टर’ का कार्यवाहक महानिर्देशक अब्दुल्ला हमाद अलघफेलीले आफूहरूले इतिहाद रेलसँग मिलेर काम गरिरहेको बताए। उनले भने, ‘हामीले यात्रुवाहक रेललाई अबुधाबीको फराकिलो सार्वजनिक यातायात नेटवर्कसँग एकीकृत गरेका छौँ, जसले बासिन्दा र आगन्तुकहरूलाई बस, ट्याक्सी र अन्य यातायातका साधनहरू प्रयोग गरेर आफ्नो यात्रालाई निरन्तरता दिन पहिलेभन्दा धेरै सहज बनाएको छ।’

यूएईमा यसको सुरुवातलाई लिएर निकै उत्साह छाएको भए तापनि रेल यात्राको आगमनले अन्तर्राष्ट्रिय पर्यटनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ।

लोकप्रिय ट्रेन वेबसाइट ‘द म्यान इन सिट ६१’ का संस्थापक तथा रेल यात्रा विशेषज्ञ मार्क स्मिथले यस बारे भने, ‘साँच्चै भन्नुपर्दा, म आफैँ पनि यसको महत्त्वबारे निश्चित छैन। यस चरणमा यसले अबुधाबीलाई बाहिरी विश्वसँग जोड्दैन, म धेरै मानिसहरू त्यहाँ गइरहेको सुन्दिनँ, र के नयाँ रेल जाने ठाउँमा कोही जान चाहला र?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...