मुख्य समाचार
ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त
ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका-इरान युद्धमा युरोपेली राष्ट्रहरूले समर्थन नगरेको र रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले गठबन्धनमा युरोपेली मुलुकको वर्तमान योगदानलाई हास्यास्पद र सम्बन्धलाई एकतर्फीको संज्ञा दिएका हुन्।

टर्कीको राजधानी अङ्कारामा आगामी जुलाई ७ र ८ मा हुन गइरहेको नेटो शिखर सम्मेलनको सङ्घारमा ट्रम्पको यो कडा अभिव्यक्ति बाहिरिएको हो। यसलाई गठबन्धनभित्रको बढ्दो मतभेदको स्पष्ट सङ्केतका रूपमा हेरिएको छ।

‘उनीहरू हाम्रो पक्षमा उभिएनन्‘

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले विशेषगरी फ्रान्स र बेलायत जस्ता सहयोगी राष्ट्रहरूलाई लक्षित गरेका छन्। इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

सोही कुरालाई लिएर गठबन्धनमा पारस्परिकता नभएको दाबी गर्दै ट्रम्पले लेखेका छन्, ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन् !’

ट्रम्पले आफ्नो पोस्टमा अमेरिका र युरोपेली राष्ट्रहरूको रक्षा खर्चबीचको असमानता बारे कुरा गर्दै विभिन्न तथ्याङ्कहरू सार्वजनिक गरेका छन्। गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अमेरिकाले अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उनको दाबी छ।

ट्रम्पले प्रयोग गरेका ती तथ्याङ्कहरूले प्रत्येक देशले आफ्नो सशस्त्र बलमा कति खर्च गर्छन् भन्ने देखाउँछ।

अल जजिराले ट्रम्पले सार्वजनिक गरेको तथ्याङ्कलाई नेटोको सन् २०२५ को आधिकारिक तथ्याङ्कसँग तुलना गरेको थियो। उक्त तुलना अनुसार, केही सानातिना भिन्नता बाहेक ट्रम्पको तथ्याङ्क नेटोको वास्तविक तथ्याङ्कसँग धेरै हदसम्म मेल खान्छ।

सुरक्षा प्रतिबद्धता घटाउने सङ्केत

युरोपेली राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी वहन गर्नुपर्ने धारणा दोहोर्‍याउँदै ट्रम्पले हालको स्थितिलाई यथावत् कायम राख्न नसकिने बताएका छन्।

यदि युरोपले आफ्नो दायित्व नबढाएमा अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धताहरू क्रमशः घटाउने सङ्केत पनि उनले दिएका छन्।

ट्रम्पको निरन्तर दबाबपछि गत वर्ष नेटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र आफ्नो रक्षा खर्चलाई देशको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म पुर्‍याउने सहमति गरेका थिए।

सन् १९४९ मा स्थापना भएको नेटो अमेरिकाको नेतृत्वमा रहेको विश्वको प्रमुख रक्षा गठबन्धन हो। युरोपमा स्थिरता कायम राख्न, तत्कालीन सोभियत सङ्घको प्रभाव नियन्त्रण गर्न तथा अमेरिकाको विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्न यस गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

अङ्कारा सम्मेलनमा ट्रम्पको यो असन्तुष्टिले प्रमुख एजेन्डाको रूप लिने निश्चितप्रायः छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...