मुख्य समाचार
सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्
सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्

। सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् ।

कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र तथा एक दशमलव ९७ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको उनले बताए ।

सन् २०२६ को मे महिनामा ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए । यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ तथा अन्य राष्ट्रका चार हजार १९६ जना रहेका छन् । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सो महिनामा सार्क राष्ट्रबाट १९ हजार ६४९ र अन्य मुलुकबाट एक हजार २०९ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा ५९ हजार ३९५ विदेशी पर्यटकको यहाँ आगमनमा वृद्धि भएको थियो ।

सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा दुई लाख २२ हजार ९९२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये सार्कतर्फ दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार ९८१ जना रहेका एक्याप प्रमुख गुप्तले जानकारी दिए ।

यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९८ हजार ४८१ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्यांकअनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा एक लाख २४ हजार ५११ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

एक्याप जोमसोम कार्यालयको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कूल एक लाख ६१ हजार १४२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

सन् २०२६ मा भारतीय पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका एक्यापको तथ्यांकमा उल्लेख छ । छिमेकी देश भारतबाट उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका एक्याप प्रमुख गुप्तले बताए ।

मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये ५० प्रतिशतले आफ्नै देशबाट निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् ।

मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी, बाग्लुङ र पोखराका होटल पर्यटकले भरिभराउ छन् । मुस्ताङ आएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका पाइएको छ ।

यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा–जोमसोम हवाईमार्ग र बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन् ।

एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल ...
। काठमाडौं महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर घोषणा भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चित महानगरको रूपमा घोषणा गरेको हो । १२ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भएपछि काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगर घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खोप सबै बालबालिकाको नैसर्गिक अधिकार ...
। नेपाली कांग्रेसको संस्थापनइतर समूह(देउवा)ले १५ औं महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना क्षीण भएको निष्कर्ष निकालेको छ । शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको बैठकले विशेष महाधिवेशनबाट चयन भएको संस्थापन पक्ष पार्टीभित्र बृहत्तर एकता पनि अनिच्छुक देखिएको निष्कर्ष निकालेको हो । ‘आज हामी जुन पोजिसनमा छौं, त्यहीँ पोजिसनमा एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण ...
। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका थापालाई प्रधानमन्त्रीसमेत रहेका कुलपति बालेन शाहले उपकुलपतिमा नियुक्त गरेका हुन् । थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय छन् । इन्जिनियरिङमा स्नातक सकेपछि सरकारी कामको सुरु गरेका उनले काठमाडौं विश्वविद्यालयबाट उपप्राध्यापकमा नाम निकालेका थिए । प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र ...
। कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घरमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले ...