मुख्य समाचार
रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्
रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्

। सत्तरुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताए ।

उनले रास्वपाले प्रदेश खारेजीको प्रस्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रस्ताव गरिएको बताए ।

उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महसुस गरेको कारण रास्वपाले बहसको प्रस्ताव मात्र गरेको दोहोर्‍याए ।

उनले भने, ‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ । यी विषयमा अन्य दलहरूले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन् । प्रदेश खारेजी भनेर हामीले कहीँ लेखे जस्तो त लाग्दैन । हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महसुस गरेका छन् ।’

उनले अगाडि भने, ‘रास्वपाले मात्र गरेको होइन । कयौँ पुराना राजनीतिक दलका नेताहरूले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन् । हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ । यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको न हो ।’

उजले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भए पनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो । शुक्रबार मात्र न. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका ...
। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थलतर्फ पठाइएको हो। टोलीले आज शनिबार घटनास्थल पुगेर खोजी ...
: विगतमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण चर्चामा रहन्थ्यो, कूटनीतिका बाँकी सबै काम ओझेलमा रहन्थे। प्रधानमन्त्री वालेन्द्र शाहले विगतको परम्परा तोडेका छन्। छिमेकी भारतको भ्रमणका लागि विभिन्न चरणमा तयारी भए पनि भ्रमणको अझै टुंगो लाग्न सकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको भ्रमण गरे। उनले उच्चस्तरीय संवादलाई तीव्र बनाउनुका साथै लगानी, व्यापार, प्रविधि र ऊर्जा ...
: पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो । यसैगरी,‘लेन’अनुशासन पालना ...
। नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा त्यसको प्रत्यक्ष असर दुग्ध उत्पादक किसान र उपभोक्तामा परेको भन्दै एशोसिएसनले कर नीति पुनरावलोकन गर्न आग्रह गरेको हो । बुटवलमा सम्पन्न एशोसिएसनको तेस्रो ...