मुख्य समाचार
सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको
सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको

। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो सुरुवात गरेको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले सुरुवाती सय दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताएका हुन् ।

उनले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले दुई–तीन वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा दुई–तीन वर्षभन्दा पहिले अपेक्षा गर्न नहुने बताए ।

यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दाबी छ ।

उनले भने, ‘सरकारले यो सय दिनमा नागरिकसँग सम्बन्धीत विषयहरूमा बढी जोड लगायो । सरकारले यो सय दिनमा विशेष गरी सुशासनमा अझ बढी समय लगाएको छ । लगाउनुपर्ने पनि छ । सुशासनका मुद्दामा अझ बढी ध्यान गयो ।’

उनले अगाडि भने, ‘विकास निर्माण र दूरगामी विषयमा आज गरिएको कामको प्रभाव अझ पछाडि देखिँदै आउँछ । भौतिक पूर्वाधारको क्षेत्रमा भन्नुहुन्छ भने हामीले दुई–तीन वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ । त्यसको नतिजा दुई तीन वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुनसक्ला ।’

उनले नागरिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनुका साथै कम झन्झटिलो बनाउने प्रक्रियाको सुरुवात भइसकेको भन्दै त्यसको सकारात्मक प्रभाव विस्तारै देखिँदै जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो । शुक्रबार मात्र न. ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका ...
। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थलतर्फ पठाइएको हो। टोलीले आज शनिबार घटनास्थल पुगेर खोजी ...
: विगतमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण चर्चामा रहन्थ्यो, कूटनीतिका बाँकी सबै काम ओझेलमा रहन्थे। प्रधानमन्त्री वालेन्द्र शाहले विगतको परम्परा तोडेका छन्। छिमेकी भारतको भ्रमणका लागि विभिन्न चरणमा तयारी भए पनि भ्रमणको अझै टुंगो लाग्न सकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले भारत र चीनको भ्रमण गरे। उनले उच्चस्तरीय संवादलाई तीव्र बनाउनुका साथै लगानी, व्यापार, प्रविधि र ऊर्जा ...
: पछिल्लो २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो । यसैगरी,‘लेन’अनुशासन पालना ...
। नेपाल डेरी एशोसिएसनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन सरकारसँग माग गरेको छ । भ्याटका कारण डेरी उद्योगको उत्पादन लागत बढेको, बजारमा स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको तथा त्यसको प्रत्यक्ष असर दुग्ध उत्पादक किसान र उपभोक्तामा परेको भन्दै एशोसिएसनले कर नीति पुनरावलोकन गर्न आग्रह गरेको हो । बुटवलमा सम्पन्न एशोसिएसनको तेस्रो ...