मुख्य समाचार
केप भर्डेलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश
केप भर्डेलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश

: फिफा विश्वकप २०२६ अन्तर्गत केप भर्डेलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३- २ ले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले अन्तिम समयमा निकै संघर्षपूर्ण जित दर्ता गरेको हो।

खेलको २९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा ल्याएका थिए।

पहिलो हाफमा अर्जेन्टिना १-०को अग्रतामा रह्यो। दोस्रो हाफमा खेलको ५९ औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो। केप भर्डेको लागि डिरोए डुआर्टेले गोल गरेका हुन्। डुआर्टेको गोल सँगै खेल बराबरीमा पुग्यो।

निर्धारित ९० मिनेटमा खेल एकएक बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

अतिरिक्त समयको खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले दोस्रो गोल गरेको हो। अर्जेन्टिनाको लागि लिसान्द्रो मार्टिनेजले गोल गरेका हुन्। खेलको १०२ औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । केप भर्डेको लागि सिड्नी लोपेस केब्रलले गोल गरेका हुन्।

खेलको १११औं मिनेटमा केप भर्डेले आत्मघाती गोल बेहोर्यो। डिने बोर्जेसबाट आत्मघाती गोल हुँदा केप भर्डे अन्तिम समयमा आएर पराजित भयो।

यो खेल साविक विजेता अर्जेन्टिनाका लागि सहज भने भएन। पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उत्कृष्ट प्रदर्शन गर्यो। निकै संघर्षपूर्ण जित निकाल्दै साविक विजेता अर्जेन्टिना राउन्ड अफ १६ मा प्रवेश गरेको हो।

अर्जेन्टिनाले राउन्ड अफ १६ मा इजिप्टसँग खेल्नेछ। यो खेलमा अर्जेन्टिनासँग पराजित हुँदा पहिलो पटक विश्वकप खेलेको केप भर्डेको विश्वकप यात्रा सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...