मुख्य समाचार
१ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ
१ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ

: १ करोड ४८ लाखभन्दा बढी रकमको अभौतिक मुद्रा (क्रप्टो करेन्सी)को कारोबार गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ का २५ वर्षीय मुकेश प्रजापति रहेका
छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मानिसहरूलाई प्रलोभन देखाई ठगी गरेको रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेका थिए।

परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो साढे २ बजे काठमाडौंको माइतीघरबाट उनलाई पक्राउ गरेक‍ो हो। काठमाडौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनकारी दिए।

उनले हालसम्म एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको देखिएको छ। अभौतिक मुद्रा कारोबार गर्ने विभिन्न खाताहरूमा ११ लाख ४१ हजार ९८३ रुपैयाँ मौज्दात रहेको अनुसन्धानका क्रममा खुलेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम ...
। अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई ...
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । उनका अनुसार, ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल ...
। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी ...