। अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।
उनकाअनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरु बाहेक अन्य चार जना पनि चट्याङ लागेर समान्य घाइते भएका छन् । उनीहरु भने घरमै छन् ।