मुख्य समाचार
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु
इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु

: इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि समारोह सुरु भएको छ। यसैबीच, त्यहाँ विदेशी पाहुनाहरू र विशिष्ट व्यक्तित्वहरू पुग्ने क्रम पनि सुरु भएको छ।

बीबीसी फारसी सेवाका अनुसार, एक घण्टा अघि चाइना पिपुल्स कांग्रेसका उपप्रमुख हे वेईको तस्बिर सार्वजनिक गरिएको छ, जो आजको समारोहमा सहभागी हुन तेहरान पुगेका थिए। आफ्नो भ्रमणको सुरुवातमा उनले इरानी संसदका सभामुख मोहम्मद बकर गालिबाफसँग भेटवार्ता गरे।

हालसम्म आयातुल्लाह अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित समारोहमा तुर्कमेनिस्तानका राष्ट्रिय नेता, इराकी संसदका सभामुख, देशका राष्ट्रपति, इराकी कुर्दिस्तान क्षेत्रका प्रमुख र आर्मेनियाका प्रधानमन्त्री उपस्थित भएका छन् ।

यस समारोहमा दर्जनौँ अन्य देशका नेताहरू, संसदका सभामुखहरू र परराष्ट्र मन्त्रीहरू सहभागी हुने अपेक्षा गरिएको छ। गत फेब्रुअरी २८ मा इरानमाथि इजरायलले गरेको आक्रमणमा आयातुल्लाह अली खामेनीको मृत्यु भएको थियो। उनीसँगै इरानका कैयौँ उच्च अधिकारीहरूको पनि ज्यान गएको थियो।

तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिलाका उपप्रमुख मोहम्मद अमिन तवाकलिजादेहका अनुसार जुलाई ९ मा उनकाे पार्थिव शरीर समाधिस्थ गरिने छ । जुलाई ४, ५, ६, ७ र ८ मा हुने अली खामेनीको अन्त्येष्टि समारोहमा राजधानी तेहरानमा १ करोड ५० लाखदेखि २ करोडसम्म मानिसहरू सहभागी हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...