मुख्य समाचार
ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने बताए
ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने बताए

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्धको देशद्रोही भाष्य र घेराबन्दी विरुद्ध डटेर सामान गर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी जागरण अभियान शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाटीबिरुद्ध देशद्रोही भाष्य र घेराबन्दी गरेर अलोकप्रिय बनाउन खोजेको भन्दै त्यसका बिरुद्ध डटेर सामाना गर्ने बताएका हुन् ।

ओलीले वर्तमान सरकार चटकको भरमा आएको भन्दै चटककै भरमा जाने टिप्पणी समेत गरेका छन् । उनले सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गर्ने अवस्थामा पुगेको बेला अदालतले आयोग नै भङ्ग गरिदिएका कारण काम रोकिएको तर यस बिषयलाई जनता र सुकुम्बासी माझ स्पष्ट रूपमा लैजान नसक्नु कमजोरी भएको धारणा राखे । पार्टीभित्र र बाहिर उठ्ने गरेका आलोचनाको जवाफ दिँदै अध्यक्ष ओलीले विगत ५७ वर्षदेखि जेलनेल सहेर पार्टी निर्माणमा लागेको बताए ।

उनले पार्टी नेतृत्वमा रहेकाले आफूले पार्टी सफल हुँदा वा असफल हुँदा दुवै अवस्थामा आफूले जिम्मेवारी लिने स्पष्ट पारे । तर, पार्टी सफल हुँदा सबैले श्रेय लिने तर अलिकति धक्का खाँदा वा विरोधीहरू एकजुट हुँदा सबै दोष अध्यक्ष एक्लैको टाउकोमा थुपार्ने प्रवृत्ति उपयुक्त नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले लोकतन्त्र विरोधी र देशद्रोही कार्यहरू भइरहेको भन्दै समाजमा फैलिएका अन्योल र भ्रमहरू चिर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्। वर्तमान सरकार गठनको १०० दिनमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्न आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यदलले आफ्नो काम गरिरहेको बताएका हुन्। असार मसान्तभित्र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउने ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिदसँग सम्बन्धित कानुनहरू अत्याधिक जटिल र संकुचित भएका कारण पूर्वाधार आयोजनाका काम समयमै सम्पन्न हुन नसकेको बताएकी छिन् । राष्ट्रिय सभामा शनिबार प्रधानमन्त्री बालेन शाहको तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले पूर्वाधार विकासमा हुने ढिलाइलाई सम्बोधन गर्न यो विधेयक ...
: सरकारले सार्वजनिक सेवा प्रवाह सुधारको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले आफ्नो सय दिनको अवधिमा सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै ७५ जिल्लामा राहदानी वितरण घरघरमै सुरु गरिसकेको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले ले जानकारी दिएका छन् । सरकारका १०० दिनको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै ...
। मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ । मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार मध्यान्ह करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार ...
: गोरखामा गोरखा दरबारभन्दा पुरानो (मल्लकालीन) मन्दिर फेला परेको छ। गोरखा नगरपालिका— १० छेपेटारमा पुरातत्व विभागले दुई वर्षअघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको हो। भग्नावशेषमा भेटिएका तथ्य र प्रमाणका आधारमा सो मन्दिर मल्लकालको अन्तिमतिरको भनेर पुष्टि भएको पुरातत्वविद् यमुना महर्जनले जानकारी दिइन्। इटाको आकार तथा बनोट, मन्दिरको छानेशैली, ...