मुख्य समाचार
ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी
ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग सम्झौता गर्न इरान निकै आतुर रहेको दाबी गरेका छन् । उनले अमेरिका इरानका सर्वोच्च नेता रहेका अली खामेनीको अन्त्येष्टि (अन्तिम संस्कार) सम्पन्न गर्नका लागि एक साताको समय दिएको पनि बताएका छन् ।

अमेरिका स्थापना भएको २५० वर्ष पूरा हुन लागेको अवसरमा आयोजित ऐतिहासिक सम्बोधनका क्रममा ट्रम्पले यी कुरा बताएका हुन् । उनले माउन्ट रशमोरबाट सम्बोधन गरेका थिए । ट्रम्पले भने, ‘हामीले संसारकै सबैभन्दा बलियो र शक्तिशाली सेना निर्माण गरेका छौं । हामीले दुई वटा विश्वयुद्ध जित्यौं, शीतयुद्ध जित्यौं र अमेरिकाका शत्रुहरूलाई इतिहासको गर्तमा पुर्‍यायौं ।’

उनले थप भने, ‘हामीले भेनेजुएलालाई एकै दिनमा पराजित गर्‍यौं र इरानलाई पनि नराम्ररी हरायौं । अहिले उनीहरू सम्झौता गर्न अत्यन्तै आतुर छन् । उनीहरू धेरै नै आतुर छन् । हामीले उनीहरूलाई अन्त्येष्टिको कर्म पूरा गर्न एक साताको समय दिएका छौँ, किनभने हामी राम्रो छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...