मुख्य समाचार
जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ
जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ

: स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुरस्थित एक होटलमा पैसाको हार–जित हुने गरी जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले १ लाख ८५ हजार ११२ रुपैंया नगद नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको कमाण्डमा खटिएको टोलीले जुवा खेल्न प्रयोग गरिएका नखोलेको २३ गड्डी तास र एक गड्डी खोलेको तास समेत वरामत गरिएको प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत कक्षमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले काठमाडौंका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ परिवारलाई राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअुनसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम ...
। अर्घाखाँचीमा सर्प खेलाउदा एक युवकको ज्यान गएको छ । छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् । कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई ...
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गरे । उनका अनुसार, ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालेन्द्र शाह नेतृत्व सरकारका १०० दिन पूर्णत: असफल भएको टिप्पणी गरेका छन् । शनिबार नेकपाको लुम्बिनी प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि बुटवल पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत: असफल ...
। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विभिन्न चार विधेयकहरू स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । त्यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी ...