। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् ।
नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएको जिकिर गरे ।
‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ,’ ओलीले भने ।
तर, त्यसो भनेर आफूहरू पर्खेर बस्न नहुने तर्क ओलीको थियो । पर्खिएर बसेको खण्डमा त्यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद गरिसकेको हुने उनको बुझाइ छ ।
‘तर त्यो पर्खिएर हामी बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ,’ ओलीले भने, ‘अनि हामी पर्खिरहेका हुन्छौं । कहिले परिवर्तन होला भनेर । त्यसकारण परिवर्तन पर्खने चिज होइन । यो सचेत प्रयासबाट छिटो गरिने चिज हो ।’