मुख्य समाचार
इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी
इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी

: इरानले होर्मुज स्ट्रेट (जलडमरूमध्य) मा बाह्य मुलुकहरूको सैन्य उपस्थितिलाई लिएर बेलायत र फ्रान्सलाई कडा चेतावनी दिएको छ। इरानका उपविदेश मन्त्री काजेम गरिबाबादीले दुवै देशको संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै यस क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिका लागि चेतावनी दिएका हुन्।

यसअघि बेलायत र फ्रान्सले शुक्रबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेटलाई 'वैश्विक अर्थतन्त्रको जीवनरेखा' को रूपमा चित्रण गरेका थिए। उक्त महत्त्वपूर्ण समुद्री मार्गबाट व्यापारिक जहाजहरूको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न सैन्य बल तैनाथ गर्ने उनीहरूको योजना थियो। यसका लागि ओमान लगायतका क्षेत्रीय साझेदारहरूसँग सहकार्य गर्ने समेत ती देशहरूले उल्लेख गरेका थिए।

बीबीसी पर्सियनका अनुसार, उपविदेश मन्त्री गरिबाबादीले सामाजिक सञ्जाल 'एक्स' मा बेलायत र फ्रान्सको संयुक्त वक्तव्यको तस्बिर सार्वजनिक गर्दै इरानको आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

'होर्मुज स्ट्रेट क्षेत्र बाहिरका शक्तिहरूको सैन्य प्रदर्शन गर्ने थलो होइन,' गरिबाबादीले लेखेका छन्, 'इरान एक जिम्मेवार शक्ति र यस स्ट्रेटको सुरक्षाको ग्यारेन्टर हुनुको नाताले यस संवेदनशील जलमार्गमा हुने कुनै पनि सैन्य गतिविधिलाई लिएर सचेत गराउँछ।'

उनले होर्मुज स्ट्रेटको सुरक्षाको मुख्य जिम्मेवारी त्यहाँका तटीय देशहरूको मात्र भएको स्पष्ट पारेका छन्। संकट निम्त्याउने खालका जुनसुकै दुस्साहसको परिणाम सम्बन्धित देशहरू आफैंले भोग्नुपर्ने भन्दै उनले यसलाई इरानको 'गम्भीर चेतावनी' भएको बताएका छन्।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गले बिहीबार सूत्रहरूलाई उद्धृत गर्दै एक महत्त्वपूर्ण विवरण सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार, केही प्रमुख युरोपेली देशहरूले अब होर्मुज स्ट्रेटबाट आफ्ना जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्नका लागि इरान र ओमानलाई भुक्तानी गर्नु अनिवार्य भइसकेको कुरा स्वीकार गरेका छन्।

विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्येको एक मानिने होर्मुज स्ट्रेटलाई लिएर पश्चिमा देश र इरानबीच पछिल्लो समय तनाव थप चुलिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाको टेक्सस राज्यमा भइरहेको बहुप्रतिक्षित सिनेट चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार केन पाक्सटन पराजित हुने आशङ्का बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिल्यैदेखि दोषारोपण सुरु गरेका छन्। सन् १९८८ यता टेक्ससबाट कुनै पनि डेमोक्र्याट उम्मेदवार सिनेटमा विजयी नभएको इतिहासमा यदि यसपटक रिपब्लिकन उम्मेदवार हारेमा त्यसको जिम्मेवार आफ्नै पार्टीका नेताहरू हुने ट्रम्पले दाबी गरेका छन्। ट्रम्पको निशानामा जोन कोर्नि र कार्ल ...
। रुसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार गएको भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले गल्तीले ९.९ म्याग्निच्युडको भूकम्प आउने चेतावनी जारी गरेको छ । एजेन्सीले करिब आठ मिनेटपछि उक्त चेतावनी फिर्ता लिएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार कामचट्का क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको थियो । जापानको मौसम विज्ञान एजेन्सीले भने उक्त भूकम्पलाई ६.९ म्याग्निच्युड ...
। अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ । सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ । घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि १०० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने विषयमा आगामी १० दिनभित्र निर्णय लिन सक्ने भएका छन्। ब्लूमबर्ग न्यू इकोनोमी फोरममा बोल्दै अमेरिकी राजदूत सर्जियो गोरले उक्त जानकारी दिएका हुन्। गोरका अनुसार भारतले प्रतिबन्धबाट छुट पाउँछ या पाउँदैन भन्ने अन्तिम निर्णय ट्रम्प आफैँले गर्नेछन्। अमेरिकी संसद्‌ले गत सेप्टेम्बर १६ मा रुसबाट तेल ...
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...