मुख्य समाचार
बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते
बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते

: डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८,डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार दिउँसो करिब १:५० बजे जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैं अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रारम्भिक विवरणअनुसार जिपमा चालकसहित १४ जना सवार थिए। चालकसहित अन्य १३ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सीमावर्ती जिल्ला पर्सामा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर अभियान चलाइरहे पनि यसको कारोबार भने घट्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषध सम्बन्धी मुद्दा, पक्राउ पर्नेको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च नै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म मात्रै लागुऔषध सम्बन्धी ...
: नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई ...
— प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान ...
: एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ...
— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको ...