मुख्य समाचार
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक
धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक

— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। 'पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता' भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ।

पर्यटन क्षेत्रको विकासका लागि 'पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकालाई चिनाऔं' भन्ने अभियान सञ्चालन गर्दै गाउँपालिकालाई दिगो तथा पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गर्न विशेष गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

स्वास्थ्य क्षेत्रतर्फ 'म स्वस्थ, मेरो पालिका स्वस्थ, मेरो देश स्वस्थ' भन्ने नारासहित पूर्ण खोप सेवा, पोषण कार्यक्रम, गर्भवती प्रोत्साहन भत्ता, मातृ–शिशु कल्याण, परिवार नियोजन तथा सुरक्षित प्रजनन स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। स्वास्थ्य बिमाको शुल्कमा ५० प्रतिशत अनुदान तथा २४ घण्टे प्रसूति सेवालाई पनि प्राथमिकतामा राखिएको छ।

यसै आर्थिक वर्षदेखि गाउँपालिकाले 'शिशु बचत–लखपति कार्यक्रम' सुरु गर्ने भएको छ। गाउँपालिकाभित्र जन्मिने प्रत्येक शिशुको सुरक्षित भविष्य र उच्च शिक्षालाई लक्षित गर्दै मुद्दती बचत खाता खोलिनेछ। कार्यविधिअनुसार जम्मा गरिएको रकम शिशु १८ वर्ष पुगेपछि निकाल्न सक्ने व्यवस्था गरिनेछ। यस कार्यक्रमका लागि ४ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले ४९ करोड ६० लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो। यस वर्ष भने बजेट अघिल्लो वर्षको तुलनामा ३ करोड ६० लाख ७० हजार रुपैयाँले घटाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...