मुख्य समाचार
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह

: नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारे ।

महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखे । पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारे । महामन्त्री पौडेलले सरकार गठन भएको १०० दिन पुग्न लाग्दा सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशयहरू मात्रै जन्माउने काम गरेको आरोप लगाए ।

जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए । महामन्त्री पौडेलले रास्वपाले संघीयता खारेज गर्ने जस्ता व्यवस्था र संविधान विरोधी निर्णहरु गरिरहेको आरोप लगाए । बालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एृउटा र सत्तामा पुगेपछि अर्कै चरित्र देखाएको भन्दै लोकतान्त्रिक र संसदीय व्वस्थाकै बलमा आएर त्यही विचार र प्रणालीलाइ सिध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा संशयपूर्ण रहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सीमावर्ती जिल्ला पर्सामा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर अभियान चलाइरहे पनि यसको कारोबार भने घट्न सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषध सम्बन्धी मुद्दा, पक्राउ पर्नेको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च नै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म मात्रै लागुऔषध सम्बन्धी ...
— प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान ...
: एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ...
— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको ...
: गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्। गुरुङले विमानस्थल विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान ...