मुख्य समाचार
लागुऔषध कारोबार नियन्त्रणमा चुनौती कायमै
लागुऔषध कारोबार नियन्त्रणमा चुनौती कायमै

— सीमावर्ती जिल्ला पर्सामा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले निरन्तर अभियान चलाइरहे पनि यसको कारोबार भने घट्न सकेको छैन।

पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले लागुऔषध सम्बन्धी मुद्दा, पक्राउ पर्नेको संख्या तथा बरामद हुने लागुऔषधको परिमाण उच्च नै रहेको देखाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को जेठसम्म मात्रै लागुऔषध सम्बन्धी ९७ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा १३६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १०७ नेपाली पुरुष, २८ भारतीय पुरुष र एक भारतीय महिला छन्।

गत आर्थिक वर्षमामा ११६ वटा मुद्दा दर्ता हुँदा १५३ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा १०० नेपाली पुरुष, ६ नेपाली महिला, ४५ भारतीय पुरुष र दुई भारतीय महिला थिए।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी २२० वटा मुद्दा दर्ता भएका थिए। त्यस वर्ष ३०५ जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा २६३ नेपाली पुरुष, १० नेपाली महिला, २७ भारतीय पुरुष र पाँच भारतीय महिला थिए।

तीन वर्षको तुलनाले लागुऔषध कारोबारमा संलग्न हुनेहरूको संख्या उल्लेख्य रूपमा घट्न नसकेको देखाउँछ। चालु आर्थिक वर्षमा मुद्दा र पक्राउ संख्या केही घटे पनि जेठसम्मको तथ्यांक भएकाले वर्ष समाप्तिसम्म अझै बढ्न सक्ने प्रहरीको अनुमान छ।

बरामद लागुऔषधको परिमाण हेर्दा पनि पर्सा तस्करहरुको प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको देखिन्छ। अघिल्लो आर्थिक बर्षमा ४६७ किलो ५४ ग्राम गाँजा बरामद भएको थियो भने गत आर्थिक वर्षमा यो परिमाण झण्डै साढे तीन गुणाले बढेर १ हजार ५६१ किलो ३७० ग्राम पुगेको थियो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्मै १ हजार ६४८ किलो ७८६ ग्राम गाँजा बरामद भइसकेको छ। यसले गत वर्षको समेत रेकर्ड पार गरिसकेको छ।

चरेश बरामद पनि उल्लेख्य मात्रामा भइरहेको छ। अघिल्लो आवमा ९१ किलो १८४ ग्राम चरेश बरामद भएकोमा गत आवमा एकैपटक बढेर ६२५ किलो ९५२ ग्राम पुगेको थियो। चालु आर्थिक वर्षमा २७३ किलो २९ ग्राम चरेश बरामद भएको छ।

ब्राउन सुगर बरामद भने क्रमशः घट्दो देखिएको छ। अघिल्लो आवमा ७६६ ग्राम ६९३ मिलिग्राम, गत आवमा ३८४ ग्राम ३१० मिलिग्राम र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १०० ग्राम २८० मिलिग्राम मात्रै बरामद भएको तथ्यांक छ।

अफिम बरामदमा पनि उतारचढाव देखिएको छ। अघिल्लो आवमा १५४ ग्राम बरामद भएको अफिम गत आवमा बढेर एक किलो ४९० ग्राम पुगेको थियो। चालु आवमा भने यो लागुऔषध बरामद भएको छैन ।
इन्जेक्सनमार्फत प्रयोग हुने फेनारगन, डाइजेपाम, नुर्फिन तथा ब्युनोर्फिन, साथै ट्रामाडोल, नाइट्राभेट र नाइट्राजेपामजस्ता ट्याब्लेट तथा क्याप्सुल पनि ठूलो परिमाणमा बरामद भइरहेका छन्।

विशेषगरी गत आवमा २ लाख ८९ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल र चालु आर्थिक वर्षमा दुई लाख ३४ हजारभन्दा बढी क्याप्सुल बरामद हुनु लागुऔषधको स्वरूप गाँजा–चरेशबाट औषधिजन्य लागुऔषधतर्फ समेत विस्तार भइरहेको संकेत मानिएको छ।

जिल्लामा खुला सीमा भएका कारण भारतबाट लागुऔषध नेपाल भित्र्याउने र नेपाललाई ट्रान्जिट बनाएर अन्य जिल्लासम्म पुर्‍याउने गिरोह सक्रिय छन्। पक्राउ पर्ने अधिकांश व्यक्ति भरिया वा साना कारोबारी भए पनि मुख्य गिरोहसम्म प्रहरी पुग्नै सकेको छैन । वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीमध्ये झण्डै आधा लागुऔषध मुद्दाका रहेको तथ्यले पनि पर्सामा लागुऔषधको समस्या गम्भीर बन्दै गएको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई ...
— प्रतिपक्षी दल नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन् । नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दाहालले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान ...
: एसियाली विकास बैंक(एडीबी)का अध्यक्ष मासातो कान्दा नेपाल भ्रमणमा आउने भएका छन्। एडीबीको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै कान्दा काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दाबी छ। यसअघि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग ...
— धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले गाउँ कार्यपालिकामा बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत गर्न नसकिएको ...
: गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्। गुरुङले विमानस्थल विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान ...