मुख्य समाचार
अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्‍मा अघि बढाइँदै
अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्‍मा अघि बढाइँदै

। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्‍मा अघि बढाइँदैछ ।

प्रतिनिधिसभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यससम्बन्धी दुई वटा महासन्धि लगेका छन् । यसलाई अगाडि बढाउने कार्यसूची सोमबारको प्रतिनिधि सभाको बैठकका लागि तय भएको छ ।

जसअनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।

यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नं. ८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ ।

दुवै प्रस्ताव युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दु:ख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् । राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि ...
। सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए । यस जितसँगै उनले ...
। नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री तथा नार्ककी अध्यक्ष गीता चौधरीले दरबन्दी मात्र ओगटेर कार्यालय नआउने कर्मचारीलाई हटाउने कदम अगाडि बढाएकी हुन् । बर्खास्तमा ...
। आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताए । पोखरा–दुबई उडानलाई स्थायित्व ...