मुख्य समाचार
अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ
अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ

। अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो ।

इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्‍यो । बेथ मूनीले ६४ तथा फोबे लिचफिल्डले ४८ रन बनाइन् ।

इंग्ल्यान्डका लागि चार्लोट डिन, लाउरेन बेल र सोफी एक्लेस्टोनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । कप्तान नाट सिभर ब्रन्टले अविजित ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ रन बनाएर अविजित रहिन् ।

अस्ट्रेलियाका लागि किम गार्थ, लुसी हामिल्टन, कप्तान सोफी मोलिनक्स र एनाबेल सदरल्यान्डले १-१ विकेट लिए ।

अस्ट्रेलिया प्रतियोगिताभर अपराजित रहेर च्याम्पियन बन्यो । समूह चरणका ५ वटै खेल जितेको अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेल्जियम राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रुडी गार्सियाले पद छाड्ने भएका छन् । बेल्जियम फुटबल संघ (आरबीएफए) ले जुलाई ३१ मा सकिने उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । ६२ वर्षीय फ्रान्सेली प्रशिक्षक गार्सियाले सन् २०२५ को सुरुआतमा बेल्जियमको जिम्मेवारी सम्हालेका थिए । उनको नेतृत्वमा बेल्जियमले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको ...
। विश्व फुटबलका सफल प्रशिक्षकमध्ये एक पेप ग्वार्डिओला इटाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने चर्चामा आएका छन् । इटालियन सञ्चारमाध्यमका अनुसार इटालियन फुटबल महासंघ (एफआईजीसी) ले ग्वार्डिओलासँग प्रारम्भिक छलफल गरिसकेको छ । स्काई स्पोर्ट्स इटालियाका अनुसार एफआईजीसीका प्राविधिक निर्देशक तथा इटालीका महान् डिफेन्डर पाओलो माल्दिनी र उनका सल्लाहकार लियोनार्दो बार्सिलोनामा पुगेर ग्वार्डिओलासँग तीन दिनसम्म छलफल ...
। लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको बताएका छन् । ४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को विश्वकपमा अन्तिम १६ बाटै अर्जेन्टिना बाहिरिएपछि मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो। त्यस बेला उनीसँग मुख्य प्रशिक्षकको अनुभव त थिएन नै, सहायक प्रशिक्षकका ...
। दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा आयोजना हुने भएको छ । पटक–पटक स्थगित हुँदै आएको प्रतियोगिताको मिति अन्ततः तय भएको हो । साफ कार्यसमितिको बैठकले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय गरेको हो । तर फिफाको निलम्बनमा रहेको नेपालले प्रतियोगिता खेल्न पाउने वा नपाउने विषय भने अझै अन्योलमै छ ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम