मुख्य समाचार
मन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त
मन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार जङ्गली हात्तीको आक्रमणबाट आमा–छोरासँगको भेटमा घटनाप्रति दु:ख व्यक्त गर्दै उनले उक्त प्रतिबद्धता जनाएकी हुन् ।

राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा लामो समयदेखि चल्दै आएको मानव–वन्यजन्तु द्वन्द्वको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको उनले बताइन् । गौतमले वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गरिने उल्लेख गरिन् ।

‘देशभरका राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व वर्षौंदेखिको समस्या हो’, सो क्रममा उनले भनिन्, ‘तत्कालका लागि प्रविधियुक्त संयन्त्रमार्फत वन्यजन्तुको गतिविधि नियन्त्रण तथा ट्र्याकिङ गर्न निकुञ्ज प्रशासनलाई निर्देशन दिइसकेको छु ।’

निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढेको उनको भनाइ थियो ।

‘हात्तीको आक्रमण सहन नसक्ने खालका भौतिक संरचना रहेछन् । सरकारले निकुञ्ज क्षेत्र वरिपरि बलियो र सुरक्षित घर निर्माणका लागि विपद् व्यवस्थापन कोषमार्फत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक पहल गर्नेछ,’ उनले भनिन् ।

समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत आवास वा सुरक्षित संरचना निर्माणको योजना आवश्यक रहेकामा उनले जोड दिइन् ।

मन्त्री गौतमले पीडित परिवारलाई राहत उपलब्ध गराइने पनि बताइन् ।

‘पैसाले मान्छेको ज्यान फर्काउन सकिँदैन, तर परिवारको सहजीकरणका लागि नियमअनुसार प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ’, उनले भनिन् । आवश्यक प्रक्रिया पूरा गरी यही असार २५ गतेभित्र उक्त रकम हस्तान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी गराइन् ।

वन्यजन्तु संरक्षण र मानव जीवनको सुरक्षालाई सँगसँगै अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै मन्त्री गौतमले स्थानीय तह, जनप्रतिनिधि र सङ्घीय सरकारबीचको समन्वयबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याइन् ।

भरतपुर महानगरपालिका–२३, बेलहट्टामा जङ्गली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको घटनास्थलमै मृत्यु भएको हो ।

यस क्षेत्रकी प्रतिनिधिसभा सदस्यसमेत रहेकी मन्त्री गौतमले घटनास्थल पुगेर परिवारलाई सान्त्वना दिएपछि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा सुरक्षा निकाय, निकुञ्ज प्रशासन, स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीसँग छलफल गरेकी छिन् ।

छलफलका क्रममा स्थानीय तथा सरोकारवालाहरूले निकुञ्ज, मध्यवर्ती क्षेत्र (बफरजोन) तथा सामुदायिक वन आसपासका बस्तीहरू उच्च जोखिममा रहेको र यसको दीर्घकालीन समाधानका लागि कानुनी तथा प्राविधिक प्रक्रिया जटिल रहेको भन्दै मन्त्रीसमक्ष सहजीकरणका लागि अनुरोध गरेकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अविरल वर्षासँगै रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार आइतबार अपराह्न ३ बजेदेखि ठूलो वर्षापछि रोशी र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएका कारण बीपी राजमार्गमा सवारी होल्ड गरिएको जानकारी दिए । उनका अनुसार बीपी राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति ...
। गृहमन्त्री सुधन गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अतिक्रमण हटाउन निर्देशन दिएका छन् । आइतबार स्वास्थ्य मन्त्री निशा मेहतासँगै अस्पताल पुगेका गृहमन्त्री गुरुङले करिब २ घण्टाको छलफल गरेका थिए । छलफलपछि प्रतिष्ठानको अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् । प्रतिष्ठान परिसरमा रहेको १० वटा आलिसान भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का ...
। सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले रोजर फेडेरेरको विम्बल्डन पुरुष एकलमा सर्वाधिक जितको कीर्तिमान तोड्दै प्रतियोगिताको क्‍वाटरफाइनलमा स्थान बनाएका छन् । सात पटकका विम्बल्डन च्याम्पियन जोकोभिचले आइतबार बेलुका भएको खेलमा रुसका रोमन साफुलिनलाई ३-१ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । जोकोभिच ७-६(८-६), ६-३, ३-६ र ६-३ ले विजयी भए । यस जितसँगै उनले ...
। नेपाली कांग्रेसले आगामी १५ औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र कागजविहीन (पेपरलेस) बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै ‘डिजिटलाइजेशन’ वा विद्युतीय भोटिङ मेसिन (ईभीएम) प्रविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालयमा समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेर बेपत्ता भएका कर्मचारीलाई सेवाबाट हटाउन सुरु गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत दुई जना कर्मचारीलाई बर्खास्त गर्दै मन्त्रालयले कारबाही सुरुवात गरेको हो । कृषिमन्त्री तथा नार्ककी अध्यक्ष गीता चौधरीले दरबन्दी मात्र ओगटेर कार्यालय नआउने कर्मचारीलाई हटाउने कदम अगाडि बढाएकी हुन् । बर्खास्तमा ...