मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट

। नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का लागि हुने खेलाडी अक्सनमा १५५ खेलाडी छनोट गरेको जनाएको छ ।

क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएकामध्ये भोलि सोमबार काठमाडौंमा हुने अक्सन का लागि १५५ खेलाडी छनोट भएका हुन् ।

छनोट भएकामध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन् । अक्सनमार्फत आठ फ्रेन्चाइज टोलीले कुल ५२ खेलाडी अनुबन्ध गर्नेछन्।

यसपटकदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुई/दुई जना थप नेपाली खेलाडी समावेश गरिने क्यानले जनाएको छ ।

मार्की र ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीसहित हरेक टोलीमा कुल १४ नेपाली खेलाडी रहने व्यवस्था गरिएको छ ।

अक्सनअघि आठ टोलीसँग रहेको बाँकी पर्स (रकम) यसप्रकार छ :

सुदूरपश्चिम रोयल्स – रु ४२ लाख ५० हजार
काठमान्डु गोर्खाज – रु ३४ लाख
कर्णाली याक्स – रु ४२ लाख
चितवन राइनोज – रु ४२ लाख
पोखरा एभेन्जर्स – रु ४५ लाख ५० हजार
लुम्बिनी लायन्स – रु ४९ लाख २५ हजार
विराटनगर किङ्स – रु ५१ लाख ५० हजार
जनकपुर बोल्ट्स – रु ६६ लाख २५ हजार

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गर्दै पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर ...
। अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो । इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा गर्‍यो । बेथ मूनीले ६४ तथा फोबे लिचफिल्डले ४८ रन बनाइन् । इंग्ल्यान्डका लागि चार्लोट डिन, लाउरेन बेल ...
। एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ...
। गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता भएको खेलमा दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ ...
। सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान ...