मुख्य समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको कांग्रेस संसदीय दलको बैठक कांग्रेसकै मन्त्रीले बहिष्कार
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको कांग्रेस संसदीय दलको बैठक कांग्रेसकै मन्त्रीले बहिष्कार

। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको कांग्रेस संसदीय दलको बैठक कांग्रेसकै मन्त्रीले बहिष्कार गरेका छन् ।

मुुख्यमन्त्री शाहले मंगलबारको प्रदेश सभा बैठकमा छलफलका अगामी आर्थिक वर्ष २०८३/८४ को बजेट टेबुल हुने भएपछि सोमबार संसदीय दलको बैठक बोलाएका थिए ।

तर, बैठकमा सांसद दिवानसिंह विष्ट पक्षका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर रावल र सामाजिक विकास मन्त्री बेलबहादुर राना संसदीय दलको बैठकमा नगएका हुन् ।

विष्टसहित उनी पक्षीय अन्य सांसद पनि दलको बैठकमा सहभागी नभएको स्रोतले बतायो ।

अर्को पक्ष बैठकमा सहभागी नभएपछि मुख्यमन्त्री कमलबहादुर शाहले बजेटबारे सबैपक्षसँग वार्ता, संवाद गर्दै अघि बढ्ने निर्णय लिएका छन् । शाहले बजेटमा देखिएका प्राविधिक त्रुटि सच्याउने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले सांसदहरूलाई करीब डेढ अर्ब बढीका योजना दोहोरिएको बताउँदै तीनलाई पनि हटाउने बताए ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई विश्वासमा लिएर बजेट पारित गर्ने बैठकले गरेको एक सांसदले जानकारी दिएका छन् । उनकाअनुसार सत्ता गठबन्धनमा रहेको एमालेसँग संवाद, छलफल र सहमतिका आधारमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर अघि बढ्ने निर्णय गरिएको हो ।

बैठकमा सहभागी नभएको दिवानसिंह पक्षले भने बजेटबारे देखिएका समस्या हल गर्न कांग्रेस र एमालेले शीर्ष तहका नेताहरू समन्वयका लागि पठाउने भएकाले कांग्रेसको दलको बैठकको अर्थ नभएको बताएको छ ।

सुदूरपश्चिम सरकारले असार १ गते अगामी वर्षका लागि ३७ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो । तर बजेट छलफलका लागि अहिलेसम्म टेबुल भएको छैन । बजेटप्रति सत्तारुढ दल एमाले पनि असन्तुष्ट छ । एमालेले यसअघि नै बजेटमा संशोधन हाल्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भएको भान भएको बताएका छन् । ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रको महत्वपूर्ण ...
। नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन्। बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको बताएका छन्। सातबुँदे प्रस्तावको लिखित जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको पनि बताए । ...
। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरुङले प्रतिष्ठानको आइतबार संयुक्त अनुगमनपछि यस्तो निर्णय गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका हुन् । प्रतिष्ठानमा स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका ...
। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ...
। ललितपुरको इमाडोलमा बाटो हिँड्दै गरेकी एक युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन् । ‘उनी शिक्षा क्षेत्रको अधिकृत स्तरको ...