मुख्य समाचार
केन्द्रीय समितिले गरेको निर्णय पुर्नविचार गर्नुपर्ने आवश्यकता देखेमा पुनः निर्णय लिनका लागि उक्त प्रस्ताव केन्द्रीय समितिमा लान सक्ने गरी विधान बनाइए
केन्द्रीय समितिले गरेको निर्णय पुर्नविचार गर्नुपर्ने आवश्यकता देखेमा पुनः निर्णय लिनका लागि उक्त प्रस्ताव केन्द्रीय समितिमा लान सक्ने गरी विधान बनाइए

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिलाई केन्द्रीय समितिले गरेको निर्णय पुर्नविचार गर्नुपर्ने आवश्यकता देखेमा पुनः निर्णय लिनका लागि उक्त प्रस्ताव केन्द्रीय समितिमा लान सक्ने गरी विधान बनाइएको छ ।

रास्वपाको संशोधित विधान अनुसार केन्द्रीय समिति वा अन्य निकायले गरेको निर्णय पार्टी सिद्धान्त, विधान वा राष्ट्रिय हित विपरित सभापतिलाई लागेका उनले सम्बन्धित संरचनामा पुन: निर्णयका लागि पठाउन सक्नेछन् । साथै, केन्द्रीय सदस्य वा अन्य निकायले गरेको निर्णय पार्टी हित प्रतिकूल हुने देखेमा सभापतिले कार्यान्वयन नगरी छलफलका लागि फेरि पठाउन सक्नेछन् ।

सभापतिले छलफलका लागि पठाएको एजेण्डामा केन्द्रीय समितिको दुई तिहाईले पारित गरेको खण्डमा भने सभापतिले त्यसलाई स्विकारेर निर्णय प्रक्रियामा लानुपर्ने विधानमा व्यवस्था गरिएको छ ।

पार्टी हित विपरित काम गर्ने जुनसुकै तहको सदस्यलाई पदबाट निलम्बन गर्ने अधिकार सभापतिलाई दिइएको छ । सभापतिले पदमुक्त गरेको निर्णयको अनुमोदन भने केन्द्रीय समितिबाट गराउनु पर्दछ ।


सभापतिको यो अधिकारलाई रास्वपाले विशेषाधिकार तथा आपत्कालीन व्यवस्था अन्तर्गत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट ...
। सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस ...
। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ । २२ असार, काठमाडौं ...
। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँडेको भएको भान भएको बताएका छन् । ‘प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो तर मष्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भएको छ । यो राम्रो संकेत पटक्कै होइन’ उनले भने । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लोकतन्त्रको महत्वपूर्ण ...