मुख्य समाचार
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता

। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे ।

अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...
। ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन सञ्चालकलाई आफ्नो रुट परमिट बाहिर सवारी साधन नचलाउन सूचित गरेको छ । महानगरीय ट्राफिक प्रहरी डिभिजनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधनले स्वीकृत रुट परमिट भन्दा बाहिर सञ्चालन गर्ने, तोकिएको मार्ग तथा गन्तव्यको पालना नगर्ने, रुट परमिट प्राप्त सवारी साधन अन्य प्रयोजनमा प्रयोग हुँदा नियमित यात्रुले समयमा सार्वजनिक ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–६ बस्ने खगेन्द्र भनिने २५ वर्षीय खेमराज कठायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उनकाअनुसार कठायतलाई भारततिर भाग्दै गरेको अवस्थामा धनगढी–२ को भन्सार रोडबाट ...
। सर्वोच्च अदालतले एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सरकारका नाममा आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस ...
। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा प्राधिकरणका तत्कालीन अध्यक्षसहित तीन जना दोषी ठहर भएका छन् । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना ठहर भएको छ । २२ असार, काठमाडौं ...