मुख्य समाचार
विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ
विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ

। विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ । दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो । सरकारले गत बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १० औँ संशोधनमा उक्त व्यवस्था राखिएको छ ।

‘विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रुपान्तरण हुनेछन्,’ नियमावलीमा भनिएको छ । दरबन्दी राष्ट्रिय किताबखाना (शिक्षक) मा विशेष दरबन्दीको रुपमा दर्ता हुनेछ र शिक्षक सेवा आयोगको सिफारिसमा त्यस्तो दरबन्दीमा पदपूर्ति हुने प्रावधान राखिएको छ । दरबन्दी विशेष विद्यालय वा स्रोतकक्षा सञ्चालन भएको विद्यालयमा वितरण गरिनेछ । पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षक सरह हुनेछ ।

विशेष शिक्षा परिषद्बाट स्थायी नियुक्ति पाई अविछिन्न सेवा गरी सेवावाट अलग हुने वा भईसकेका शिक्षकलाई उमेरको हद साठी वर्षमा नबढ्ने गरी एकमुष्ट सुविधा दिइनेछ । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब पाउने छन् ।

दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब पाउने छन् । पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब पाउने छन् । सुविधा प्राप्त गर्ने शिक्षकले साधारण शिक्षक सरह सञ्चित बिरामी बिदाको रकम पाउने व्यवस्था नियमावलीमा राखिएको छ ।

बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणविहीन, दृष्टिविहीन, बहिरा जस्ता अपाङ्गताको प्रकृति र गाम्भिर्यता, भौगोलिक विषमता र दुरीका आधारमा स्रोत केन्द्र वा स्रोत कक्षाको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहले गर्न सक्नेछ । स्रोत केन्द्र वा स्रोत कक्षालाई स्थानीय तहको सिफारिसको आधारमा नेपाल सरकार वा प्रदेश सरकारले अनुदान उपलब्ध गराउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफूमाथि दुर्व्यवहार गर्नेको भिडियो सार्वजनिक गर्ने महिलालाई गृहमन्त्री सुधन गुरुङले साहसी महिला भन्दै सम्मान दर्शाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले दुर्व्यवहारसम्बन्धी भिडियोप्रति गृहमन्त्रालयको ध्यानाकर्षण भएको र उक्त व्यक्तिलाई पक्राउ गरिसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला ...
। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्कालै बजार भाउ घटाउन निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाउ घटाउन निर्देशन दिएकी हुन् । मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताइन् । बैठकमा नेपाल ...
। गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए । निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे । झापाका सीमा क्षेत्रसम्म पुगेका उनी सोमबार व्यस्त रहे । शनिबार, आइतबार र सोमबार तीन दिन कोशी प्रदेशका जिल्लाहरूमा घुमघाममा व्यस्त भएका गुरुङले त्यहाँ, ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहस हुनुलाई अन्यथा लिन नसकिने बताएका छन् । तर, संविधानका मुलभुत विषय चलाउन खोजिए त्यसले सही गन्तव्य पहिल्याउन नसकिने उनको आग्रह छ । ‘यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसावले जुन खालको कुराकानी भइराखेको छ । यसबारे हामीलाई जानकारी प्राप्त छ’ उनी भन्छन्, ‘संघीयता, समावेशी र धर्मनिरपेक्षता ...
। विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर ...